नेपाली समय: १०:१०:४५ राती
वि.सं २०८३ बैशाख ८   मंगलवार

दोस्रो कोरोना संक्रमित युवती कोरोना मुक्तः २७ दिनपछि फर्किइन घर

निर्माण सञ्चार, ६ वैशाख, काठमाडौं । दोस्रो कोरोना संक्रमित १९ वर्षे युवती २७ दिनको निरन्तर उपचार पछि शनिबार घर फर्केकी छन् ।

उनी नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको इतिहासमा दोस्रो कोरोना संक्रमित र सफल उपचार पछि घर फर्कनेमा पनि दोस्रो नै बन्न पुगेकी छन् ।

उनी गत चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएकी थिइन् । 

शनिबार उनी सो अस्पतालबाट डिस्चार्ज भएर घर फर्केकी हुन् । 

उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् ।

आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको उनको भनाइ छ । 

उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । शनिबारको रिपोर्ट पनि नेगेटिभ आएकाले डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा अनुप बास्तोलाको भनाइ छ ।

ट्राभल हिस्ट्री अनुसार ती १९ वर्षे युवती गत चैत ४ गते फ्रान्सबाट कतार–दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

उनको घर काठमाडौंमै रहेको छ ।

फ्रान्सदेखि  कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना  सं‌क्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । 

त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु २ जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् ।

गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि ठीक भएर घर फर्किसकेका छन् । 

यी युवतीको सफल उपचारपछि नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये २ जना निको भएर घर फर्किन पुगेका छन् ।

उदयपुर केसले भने नेपालमा कोरोना संक्रमणको स्रोत कहाँबाट भन्ने पत्ता लागेको छैन । यसले नेपालको स्वास्थ्य अनुसन्धान कति कमजोर छ भन्ने देखाएको छ ।

 

०००

पढौं यो पनि

उदयपुर ‘केस’ले नेपालको पूर्वी क्षेत्र ‘हाइ अलर्ट’, १२ संक्रमित कोरोना विशेष अस्पतालमा, भुल्के बस्तीमा र्‍यापिड टेस्ट हुँदै

सनसिटी अपडेटः आरडिटी पोजेटिभ देखिएकी बुहारीको पिसिआर रिपोर्ट आयोः ‘नेगेटिभ’, कामदारहरुको पनि पिसिआर गर्ने तयारी

सनसिटी अपडेटः र्‍यापिड टेस्टमा ‘ब्लक ए’ मा बस्ने सबैको रिपोर्ट ‘नेगेटिभ’, पिसिआर टेस्टमा कस्तो होला रिपोर्ट ?

सनसिटीमा बस्दै आएका २ मा कोरोना संक्रमण पुष्टिः पाटन अस्पताल भन्छ, ‘एक जनाको रिपोर्ट आउँदै छ’

विश्वका आधा बढी मानिस घरभित्रै थुन्ने कोरोनाः स्वाइनफ्लुभन्दा १० गुणा बढी खतरनाक, खोपबिना रोक्न सकिदैनः डब्लुएचओ

चीनले तयार पार्यो कोरोनाको भ्याक्सिनः दुई खोप मानिसमाथि परीक्षण गर्न अनुमति

OOO

कोरोना महामारीबाट बच्न स्वास्थ्यमन्त्रीका ‘६–टी’ कार्यक्रमः के के हुन्, सम्बोधन सहित जस्ताको तस्तै

कैलाली र रौतहटको नयाँ संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १४: विश्वमा कस्तो छ अवस्था ?

कोरोना अपडेटः ‘नेपालमा कोरोनाबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन’

आयो रिपोर्टः वीर अस्पताल र पाटनमा मृत्यु हुने तिनै जनामा ‘कोरोना संक्रमण नभएको’ पुष्टि

नेपालमा कारोनाः भेटिए छैठौं कोरोना संक्रमित, उनी पनि चैत ४ कै यात्रु

नेपालमा कहाँ कहाँ हुन्छ कोरोनाको उपचार ? हेर्नुहोस् सातै प्रदेशको (सूचि सहित)

कोरोनाको पाँचौं रोगीले जन्माएको आशंकाः विदेशबाट आएका नेपालीको चरम लापरबाही, रोग बोक्दै गुपचुप भाग्ने कि चेकजाँच गराउन थाल्ने ?


 



प्रकाशित: २०७७ बैशाख ६
April 18th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार