नेपाली समय: ०२:११:४२ बिहान
वि.सं २०८१ चैत्र ३   सोमवार

कोरोना भाइरस संत्रक्रमण विश्वअपडेटः करिब २८ लाख संक्रमित, मृत्यु २ लाख नजिक

निर्माण सञ्चार, १३ वैशाख, काठमाडौं । विश्वमहामारी बनेको कोरोना भाइरसका कारण आजका दिनसम्म विश्वभर १ लाख ९५ हजार ९ सय २० जनाको मृत्यु भएको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबारसम्म विश्वभर २७ लाख ९० हजार ९ सय ८६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

त्यस्तै, विश्वभर ७ लाख ८१ हजार ३ सय ८२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

आजका दिनसम्म कोरोना भाइरसका कारण सबैभन्दा ज्यान जाने र संक्रमणको संख्या पनि अमेरिका नै बनेको छ । 

अमेरिकामा सबैभन्दा बढी ८ लाख ९० हजार संक्रमित भएका छन् भने ५१ हजार जनाको मृत्यु भएको छ ।

अमेरिकामा ९६ हजार ६ सय ७७ जना निको भएका छन् । 

त्यस्तै, स्पेनमा २ लाख १९ हजार जना संक्रमित भएका छन् भने २२ हजार ५ सय २४ जनाको मृत्यु भएको छ । 
त्यस्तै ९२ हजार ३ सय ५५ जना निको भएका छन् ।

इटलीमा एक लाख ९२ हजार ९ सय ९४ जना संक्रमित भएका छन् भने २५ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ र ६० हजार ४ सय ९८ जना निको भएका छन् ।

फ्रान्समा १ लाख ५९ हजार ४ सय ९५ जनामा संक्रमण देखिएको छ र २२ हजार २ सय ४५ जनाको मृत्य भएको छ । 

फ्रान्समा निको हुनेको संख्या ४४ हजार १ सय ९७ रहेको छ । 

बेलायतमा एक लाख ४४ हजार ६ सय ३५ संक्रमित छन् भने १९ हजार ५ सय ६ जनाको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख ५४ हजार जना संक्रमित भएका छन्, जसमा एक लाख ६ हजार उपचारपछि निको भएका छन् र ५ हजार ७ सय २३ जनाको मृत्यु भएको छ ।

अमेरिका तथा युरोपको डाटा समेटिएको यो पछिल्लो आँकडा हो । 

 

०००

 


 



प्रकाशित: २०७७ बैशाख १३
April 25th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार