नेपाली समय: ०१:५२:५३ बिहान
वि.सं २०८१ चैत्र ३   सोमवार

आमा बितेको चारै दिनपछि बलिउड स्टार इरफान खानको पनि मृत्यु !

निर्माण सञ्चार, १७ वैशाख, एजेन्सी । बलिउड अभिनेता इरफान खानको निधन भएको छ। आजको ठिक ४ दिन अघि उनले आफ्नी आमा गुमाएका थिए । 

५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। 

उनी दुई वर्षदेखि क्यान्सरको उपचार गराइरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। 

खानको निधनको निर्देशक सुजित सरकारले ट्वीटबाट जानकारी दिएका हुन्। 

जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका अब्बल कलाकार थिए। 

उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको थियो। गत शनिबार मात्रै उनकी आमाको निधन भएको थियो।

खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए। 


बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाई, दि नेमसेक जस्ता अन्तर्राष्ट्रिय ब्लकबस्टर सिनेमामा काम गरेका थिए।


०००



प्रकाशित: २०७७ बैशाख १७
April 29th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार