नेपाली समय: ०२:३५:४३ बिहान
वि.सं २०८१ मंसिर २३   आइतबार

सीमा सुरक्षामा इतिहासकै धेरै सुरक्षाकर्मी परिचालितः अब भिआइपी सुरक्षाबाट सीमा सुरक्षामा सशस्त्र प्रहरी थप्दै सरकार

नर्मिाण सञ्चार, २९ वैशाख, काठमाडौं । कोरोना विश्वमहामारीबाट बच्न सबैभन्दा बलियो हतियार नै भौतिक रुपमा सामाजिक दूरी कायम गर्नु रहेको पछिल्ला सबै अनुसन्धानले पुष्टि गरेको सत्य हो ।

यही तितो सत्यलाई हृदयंगम गर्दै नेपाल सरकारले आजअघि नेपाल भारत सीमा सुरक्षामा सुरक्षाकर्मी जुन रुपले परिचालन गर्ने गथ्र्यो, यसपटक इतिहासकै धेरै सुरक्षाकर्मीहरु परिचालित गरेको छ । 

  • पूर्वाधार निर्माण कार्यमा भित्रिदै छन् भारतीय कामदारः भैरहवामा मात्र २ सय भित्रिए, निगरानी बढाऊ सरकार !
कारण छिमेकी भारतमा तुलनात्मक रुपमा ठूलो मात्रामा कोरोना महामारी फैलिरहेको छ । खुला सिमानाका कारण भारतबाट कोरोना संक्रमित अनधिकृत रुपमा नछिरुन् र नेपाल कोरोना संक्रमणको भयावह परिस्थितिमा पर्न नपरोस् ।

सुरक्षाकर्मीको संख्या भारतीय सीमा क्षेत्रमा परिचालन हुन थालेपछि केही व्यक्ति र निकायहरुमा भने टाउको दुखाइ सुरु भएको छ । यसको प्रतिक्रिया सीमाक्षेत्रमा बस्ने भारतीय जनताहरुले नै १० पटक भन्दा बढी नेपाली सीमा सुरक्षा बलविरुद्ध गरेका ढुंगा प्रहार आदि घटना हुन् ।

त्यति मात्र हैन, भारत तर्फबाट नेपालमा कोरोना फैलाउन केही तत्व सक्रिय पनि रहेको खुलेको छ । त्यस्ता तत्वले नेपालमा छिर्न कुनै रोकतोक छैन भन्दै रातारात भारतबाट नेपालमा मानिसहरु छिराएको पनि पुष्टि भएको छ ।

वीरगन्ज, सप्तरी, पर्सा, कपिलवस्तु र गौर लगायत क्षेत्रमा पछिल्ला दिनमा भेटिएका कोरोना संक्रमितको आँकडाले नै यस तथ्यलाई पुष्टि गरिसकेको पनि छ ।

भैरहवामा पूर्वाधार निर्माणका काममा समेत भारतबाटै आएका नागरिकहरु लागिरहेको अवस्था छ । सरकारले यसतर्फ पनि ध्यान दिन जरुरी छ ।

तसर्थ, सरकारले सीमानाका असाध्यै बलियो बनाउनु पर्ने विज्ञ साथै प्रहरी तथा सैनिक अधिकृतहरुको सल्लाह अनुसार अब भिआइपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सीमा सुरक्षाका लागि खटाउने भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार आयोजित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै भिआइपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सीमामा खटाउने निर्णय भएको जानकारी दिएका हुन् ।

  • भारत तर्फबाट नेपालमा कोरोना फैलाउन केही तत्व सक्रिय पनि रहेको खुलेको छ । त्यस्ता तत्वले नेपालमा छिर्न कुनै रोकतोक छैन भन्दै रातारात भारतबाट नेपालमा मानिसहरु छिराएको पनि पुष्टि भएको छ ।
  • वीरगन्ज, सप्तरी, पर्सा, कपिलवस्तु र गौर लगायत क्षेत्रमा पछिल्ला दिनमा भेटिएका कोरोना संक्रमितको आँकडाले नै यस तथ्यलाई पुष्टि गरिसकेको पनि छ
त्यस्तै, गृहमन्त्री रामबहादुर थापा बादलले सीमा क्षेत्र सहित कालापानीको उपल्लो क्षेत्रमा समेत सुरक्षाकर्मी राख्ने गृहकार्य भइसकेको जानकारी दिएका छन् ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पा्स्ट (बिओपी) बढाउने गरी अन्तिम तयारी थालिएको छ ।

गृहमन्त्री बादलले दिएको निर्देशनपछि सशस्त्र प्रहरी बलले तयारीको खाका पनि गृहमा पेश गरिसकेको गृहको स्रोत बताउँछ । योसँगै अब सीमा क्षेत्रमा थप ९ हजार सशस्त्र प्रहरीको जनशक्ति परिचालित गरिने तयारी भइरहेको छ ।

सशस्त्रले पेश गरे अनुसार योजना मन्त्रिपरिषदबाट स्वीकृत भएमा अब सीमा क्षेत्रमा साढे ३ किलोमिटरको फरकमा सशस्त्र प्रहरी बलको उपस्थिति हुनेछ । 

गृहमन्त्रालय स्रोतले केही दिनभित्रै सीम क्षेत्रमा बिओपी संख्या ५ सय पुर्‍याउने तयारी भइरहेको छ । हाल सीमा क्षेत्रमा सशस्त्र प्रहरीका ५ हजार जनशक्ति खटिइरहेका छन् ।

त्यसबाहेक नै सीमा क्षेत्र सुरक्षाका लागि २२ हजार ६ सय १६ सुरक्षाकर्मी परिचालित छन् । 

 

०००

 



प्रकाशित: २०७७ बैशाख २९
May 11th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार