नेपाली समय: ०८:५१:१७ pm
वि.सं २०८३ बैशाख ८   मंगलवार

४२ जिल्लामा फैलियो कोरोनाः संक्रमित पुगे ६८२ः मृत्यु हुनेको संख्या पुग्यो ४

निर्माण सञ्चार, काठमाडौं । 

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । सोमबार अपराह्नसम्म संक्रमित हुनेको संख्या ६८२ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थपिएका नयाँ संक्रमितहरू अछाम मेललेख गाउँपालिकाका ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया १० का २२ र २४ वर्षीय पुरूष, २ का १८ वर्षीय पुरूष, पर्सा जिराभवानी गाउँपालिकाका–४ का १८ वर्षीय पुरूष, काठमाडौं– १५ घर भएका कलैयामा कार्यरत २८ वर्षीय पुरूषमा कोभिड–१९ पुष्टि भएको हो । 

यो आँकडा सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । सोमबार बिहानै काठमाडौंमा पुष्टि भएका ३ जना सहित ७२ जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन्।

आजसम्म कोरोना उपचार पछि निको भई घर फर्कनेको संख्या १ सय १२ रहेको छ । त्यस्तै, कोरोना विरुद्ध उपचाररत ५ सय ६६ जना रहेका छन् । संक्रमित हुने जिल्लाहरु आजका दिनसम्म ४२ वटा पुगेका छन् । त्यस्तै, मृत्यु हुनेमा ४ जना मध्ये ३ जना पुरुष र एक महिला रहेका छन् ।

कुन प्रदेशमा कस्तो छ संक्रमण अवस्था ?

मन्त्रालय अनुसार नेपालका सातै प्रदेशमा कारोना संक्रमण बढ्दो अवस्थामा देखिएको छ । आजसम्म प्रदेश नम्बर–१ मा ८६ जना संक्रमित पुगेका छन् भने प्रदेश नम्बर–२ मा २ सय ३५ पुगेका छन् । 

प्रदेश नम्बर–३ अर्थात् वागमती प्रदेशमा ३८ संक्रमित पुष्टि भएका छन् भने गण्डकी प्रदेशमा ५
जनामात्रै संक्रमित पुष्टि भएका छन् । 

त्यस्तै, सबैभन्दा उच्च संक्रमण देखिएको छ । प्रदेश नम्बर–५ मा जहाँ २ सय ९२ जना संक्रमित रहेका छन् । प्रदेश नम्बर–६ अर्थात् कर्णाली प्रदेशमा अहिलेसम्म ११ संक्रमित पुगेका छन् भने सुदूरपश्चिम प्रदेशमा १५ जना संक्रमित भेटिएका छन् । 

सरकारले कोरोना परीक्षण तीव्र बनाएसँगै संक्रमितको संख्या बढिरहेको भेटिएको छ । पछिल्ला दिनमा सबै संक्रमित भारतबाटै आइरहेका छन् । 

उक्त संक्रमितहरु मध्ये पुरुषको संख्या नै बढी रहेको छ ६ सय २ जना भने महिलाको संख्या ८० पुगेको छ । जसमा ५ सय ६६ जना संक्रमित उपचाररत छन् । 

चौथो कोरोना संक्रमित मृतकमाथि अस्पतालको लापबारही 

नेपालमा कोरोना लागेर मृत्यु हुनेको संख्या ४ पुगेको छ । चौथो मृतक माथि सम्बन्धित अस्पतालले लापरबाही गरिरहेको पुष्टि भएको छ ।

बाराको कलैला–७ का उनको उनको नेसनल मेडिकल कलेज वीरगन्जमा जेठ ४ गते मृत्यु भएको थियो । ७० वर्षीय ती मृतकको रिपोर्ट आउनु अगावै अस्पतालले उनको अन्त्येष्टिका लागि परिवारलाई शव दिएको थियो । 

जुन पार्थिव शरीरको दाहासंस्कारमा ५० बढी मानिस सहभागी भएका थिए । अस्पतालले लापबारही गरेर उनको अन्तिम रिपोर्ट नआउँदै शव बुझाएको थियो । 

कोरोना लक्षण देखिएपछि उपचारको क्रममा गत ४ गते उनको मृत्यु भएको थियो । तर, रिपोर्ट आज सोमबार अर्थात् १२ गतेमात्रै आएको छ ।

उनको दाहासंस्कार सोही दिन गरिएको थियो । 

सोमबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उनको मृत्यु पुष्टि गरेका हुन् । जबकि, दमका रोगीका समेत रहेका उनको मृत्युबारे अस्पतालले लापरबाही गर्दा परीक्षण नतिजा बिनै परिवारलाई शव बुझाउँदा परिवार जन सहित अन्तिम संस्कारमा सहभागीहरुमा पनि कोरोना संक्रमणको त्रास र आशंका बढेको छ । 

वीरगञ्जस्थित उक्त नेसनल मेडिकल कलेजलाई दण्ड सजाएँ दिनु पर्ने चौतर्फी आवाज उठिरहेको छ ।


०००

पढौं सम्बन्धित समाचार

कोरोना संक्रमित संख्या नाघ्यो ६ सयः नयाँ थपिए १९ जना

 

 



प्रकाशित: २०७७ जेठ १२
May 25th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार