कोरोना संक्रमित संख्या नाघ्यो ६ सयः नयाँ थपिए १९ जना
निर्माण सञ्चार, ११ जेठ, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्याले ६ नाघेको छ । आइतबार थप नयाँ १९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएपछि यो संख्या ६०३ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसबारे पुष्टि गरेका हुन् । उनले दिएको जानकारी अनुसार मोरङ बारादशी ३ का ४५ वर्षीय पुरुष कोरोना संक्रमित रहेको पुष्टि भएको छ ।
यस्तै बारा, वीरगञ्ज, पर्सा, रौतहट, सर्लाहीमा थप संक्रमित पुष्टि भएका छन् । जो पुरुष मात्रै रहेका छन् ।
त्यस्तै, रुपन्देही, गैडाहवा गाउँपालिकाकामा ३ सहित यहाँ ५ जना कोरोना संक्रमित भेटिएका छन् ।
काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ पुरुष र गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय पुरुष संक्रमित पुष्टि भएका छन् ।
कुल संक्रमितको संख्या ६०३ पुगेको छ भने ८७ जना निको भई घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमणबाट ३ जनाको निधन भइसकेको छ ।
०००
पढौं सम्बन्धित समाचार
प्रकाशित: २०७७ जेठ ११
एकैदिन थपिए ४३ जना कोरोना संक्रमितः संक्रमितको संख्या पुग्यो ५९१
कोरोना अपडेटः शुक्रबार रातिसम्म संक्रमित संख्या पुग्यो ५१६
नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो ५००ः थपिए २० नयाँ कोरोना संक्रमित
प्रकाशित: २०७७ जेठ ११
May 24th 2020
प्रतिक्रिया दिनुहोस्