नेपाली समय: ०३:३४:५६ अपरान्ह
वि.सं २०८२ बैशाख १४   आइतबार

कोरोनाबाट आठौं निधनः मर्ने बाजुराकी २ वर्षीया बालिका दिल्लीबाट आएकी थिइन्

निर्माण सञ्चार, १८ जेठ, काठमाडौं

कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट नेपालका आठौं व्यक्तिको मृत्यु भएको छ । बाजुराकी दुई वर्षीया बालिकाको मृत्यु कोरोनाभाइरस संक्रमणबाट भएको पुष्टि भएको हो। 

मृतक बालिकाको परिवार एक साता अघि आमाबाबुसँगै भारतको नयाँदिल्लीबाट नेपाल आएका थिए ।

उनलाई झाडा पखाल, सास फेर्न असजिलो भएपछि चार दिनअघि बालिकाका आमाबुवाले उनलाई अस्पताल भर्ना गरेका थिए।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले  बालिकाको मृत्यु पछिको रिपोर्ट उद्धृत गर्दै कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका हुन् ।

उनका अनुसार बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा उनको मृत्यु भएको थियो । त्यसपछि गरिएको कोरोना परीक्षणमा अस्पताल आइसोलेसनमा रहेकी उनकी आमाको रिपोर्ट पनि पोजेटिभ आएको छ। 

तर, उनका बुवाको भने  रिपोर्ट नेगेटिभ रहेको छ ।

सोही अस्पतालमा बालिकाको आइतबार बिहान उपचारको क्रममा मृत्यु भएको थियो। 

अस्पताल भर्ना हुँदा उनमा ज्वरो, झाडापखाला, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको थियो ।

अस्पताल स्रोत अनुसार अस्पताल ल्याउँदा उनी बेहोस थिइन् ।

बाजुराकी २ वर्षकी ती बालिकासँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।


०००

सम्बन्धित समाचार 

 

 



प्रकाशित: २०७७ जेठ १८
May 31st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार