नेपाली समय: ०३:५३:४० बिहान
वि.सं २०८३ आषाढ १६   मंगलवार

जुम्लाको हिमाः सम्पन्न भए १० करोडका ८४ योजना

निर्माण सञ्चार, २८ साउन। जुम्ला
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको त्रासका बीच पनि यहाँको हिमा गाउँपालिकाले बजेट कार्यान्वयन प्रभावकारी रुपमा गरेको पाइएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा विषयगत कार्यालयका कार्यक्रम बाहेक हिमा गाउँपालिकाले १० करोडको लागतमा ८४ वटा योजना निर्माण गरी सम्पन्न गरेको छ । स्वास्थ्य, शिक्षा, कृषि र पशु लगायतका विषयगत कार्यालयको बाहेक पालिकाभरीनै करिब १० करोड लागतका ८४ वटा साना ठुला योजना सम्पन्न भएका हुन् । 

हिमा गाउँपालिकामा आर्थिक वर्ष २०७६/७७ मा १० करोड बराबरका ८४ योजना सम्पन्न भएको प्रमुख प्रशासकिय अधिृकत टोप बहादुर बुढाले जानकारी दिए ।

वार्षिक सार्वजानिक सुनुवाई कार्यक्रममा प्रगती विवरण प्रस्तुत गर्दै अधिकृत बुढाले भने,“गत आवमा २६ करोड ९० लाख १२ हजार ३ सय विनियोजन बजेट मध्य २४ करोड ३६ लाख ७४ हजार रुपैया खर्च भएको छ ।

भने शर्शत अनुदानको ८१ लाख १२ हजार ५ सय र संचति कोषको १ करोड ७२ लाख २५ हजार ७ सय गरी २ करोड ५३ लाख ३८ हजार बजेट फिर्ता भएको छ ।”

प्रशासकिय अधिकृत बुढाका अनुसार, “विद्यालय भवन निर्माण, सडकको स्तरउन्नती, गोरेटो बाटो निर्माण, खानेपानी धारा निर्माण, सिचाँइ कुलो निर्माण, खेलमैदान निर्माण, मठमन्दिर निर्माण लगायतका ६७ योजना ६ करोड ८६ लाख २० हजार ३ सय ३८ रुपैया लागतमा सम्पन्न भएका छन् ।”

त्यस्तै, प्रदेश सांसद विकास कोषको ६० लाख लागतमा ३ वटा योजना सम्पन्न भएका छन् । भने, मुख्यमन्त्री रोजगार कार्यक्रमको १ करोड ८० लाख ३ हजारमा ६ वटा योजना निर्माण भई हस्तान्तरण समेत गरिएको छ ।

साथै ३२ लाख ९ हजारको लागतमा प्रथामिकक स्वास्थ्य चौकी कुडु गाउँ सम्म सडक निर्माण गरिएको छ । 

प्रगती प्रतिबेदन अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमको ४२ लाख ९ हजार लागतमा  ७ वटा योजना सम्पन्न भईसकेका छन् । विषयगत कार्यालय बाहेक गाउँकार्यपालिकाले छनौट गरी हिमा गाउँपालिकाका १ देखि ७ नं. वडा सम्म जम्मा ९ करोड २८ लाख ४१ ह्जार ७ सयको लागतमा ८४ योजना निर्माण भएका हुन् । 

भने, विषयगत कार्यालय अन्तरगर्त स्वास्थ्य तर्फ ११ वटा विभिन्न कार्यक्रम गरी २ करोड ७८ लाख ४ हजार खर्च भएको छ । भने शिक्षा तर्फ १९ वटा आबश्यकतामा आधारित कार्यक्रम गरेर ९४ लाख १६ हजार २ सय १२ रुपैया खर्च भएको छ । साथै महिला तथा बालबालिका, सामाजिक सुरक्षा, पशु, लगायतका क्षेत्रमा पनि लाखौको बजे खर्च गरी कार्यक्रम सम्पन्न भईसकेका छन् । 

कोभिड व्यवस्थापनमा १ करोड बढी खर्च विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि हिमा गाउँपालिका १ करोड २२ लाख ५ हजार ७ सय ७ रुपैया खर्च गरेको छ ।

प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर बुढा भन्छन,“कोडिभलाई रोकथाम गर्न, बाहिरबाट आएका नागरिकलाइ व्यवस्थापन देखि क्वारेन्टाईन निर्माण तथा अन्य खर्चमा १ एकरोड २२ लाख बढी खर्च भयो ।

अन्य स्थानीयतहको भन्दा राहत तथा उद्दारको कार्य समेत प्रभावकारी बनायौ । भने बाहिरबाट आउने हिमाका रहेक नागरिकलाई समेत घर सम्म ल्याएका थियौ ।” 

औषधी खरिदमा ५ लाख ३६ हजार ३ सय, यातायात खर्च (हिमाका नागरिकलाई निशुल्क ल्याए बापत) १७ लाख ३४ हजार ६२ रुपैया, लत्ता कपडा खरिदमा १४ लाख २१ हजार ३ सय, राहतका लागि चामल खरिदमा ३६ लाख ६० हजार, नुन खरिदमा ५ लाख ६९ हजार, माक्स खरिदमा ४ लाख ५१ हजार लगायत क्वारेन्टाईनमा खान खर्च, क्वारेन्टाई व्यवस्थापनमा गरी १ करोड २२ लाख बढी बजेट कोडिभ व्यवस्थापनमा खर्च भएको हिमाका प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर बुढाले जानकारी दिए । 

अध्यक्ष रज बहादुर शाहिले नागरिकका गुनासा सम्बोधन गर्दै अबको बाँकी कार्यकालमा जनमुखी कार्यलाई जोड दिईने बताए । काम गर्ने प्रक्रियामा केहि कमजोरी भएपनि प्रतिपक्ष तथा सरोकारवालाको सुझाबलाई कार्यान्वयन गरी सुधार गरिने उल्लेख गरे ।

यता नेपाली काँग्रेसका यूवा नेता लक्ष्मण शाहिले हिमा सरकारलाई अझै सच्चीएर अघि बढ्न सुझाब दिए ।

योजना बाडफाँड देखि हरेक कुरामा दुईतिहाईको दम्ब देखाएको भन्दै कार्यशैली सुधार व्यक्तिबाद र स्वार्थ भन्दा जनतामुखी हुन समेत ध्यानआर्कषण गराएका छन् ।

कार्यक्रममा बोल्ने तथा गुनासा राख्ने व्यक्तिले हिमा सरकारलाई सफल बनाउन खर्चमा मितव्ययिता र पार्दशितामा ध्यान दिन सुझाब दिएका छन् । 

 
०००



प्रकाशित: २०७७ साउन २८
August 12th 2020

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्