३ ठूला जलविद्युतका लागि लागनी बोर्डले स्वीकृत गर्यो ३८ अर्बको वैदेशिक लगानी
निर्माण सञ्चार, २६ कात्तिक, काठमाडौं । मंगलबार बसेको लगानी बोर्डको बैठकले ३ ठूला जलविद्युत् परियोजनाका लागि ३८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ।
बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा बसेको ४५ औं बैठकले ३८ अर्ब ६८ करोड रुपियाँ बराबरको लगानी स्वीकृति गर्ने निर्णय गरेको हो ।
सो लगानी सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत रही कार्यान्वयन हुने बताइएको छ ।
स्वीकृत गरेका ३ आयोजनाहरु—
प्रकाशित: २०७७ कार्तिक २६
- ७७ दशमलव ५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत् आयोजनाका लागि ७ अर्ब ६२ करोड ४० लाख रुपियाँ
- ५७ मेगाावाटको हिमचुली दोर्दी जलविद्युत् परियोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख रुपियाँ
- ६५ मेगावाटको दुधखोला जलविद्युत् परियोजनाका लागि १० अर्ब ४३ करोड ६० लाख रुपियाँ लगानी स्वीकृत
प्रकाशित: २०७७ कार्तिक २६
November 11th 2020
प्रतिक्रिया दिनुहोस्