निर्माण व्यवसायीलाई अर्थमन्त्री पौडेलले भनेः ‘निर्माण उद्योगका मागमा अब उचित ‘उपचार’ हुन्छ’
निर्माण सञ्चार, २७ कात्तिक, काठमाडौं ।
अर्थमन्त्री विष्णु पौडेलले राजनीतिक कोर्स सकिएकाले मुलुक अब आर्थिक समृद्धिको दिशामा रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बिहीबारको भेटमा अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीका मागहरु बारे अध्ययन गरी उचित ‘उपचार’ तर्फ लाग्ने प्रतिबद्धता जनाएका छन् ।
नेपालका निर्माण परियोजनाहरुलाई तयारी र कार्यान्वयन चरणका गरी दुई भागमा वर्गीकरण गर्न सकिने मन्त्री पौडेलले बताए ।
उनले भने, ‘निर्माण उद्योगलाई व्यवस्थि गर्न म सहमत छु, तर यस उद्योगबाट मेरो पनि अपेक्षा छ ।’ निर्माण परियोजनाहरु उचित लागतमा निर्धारित समयमै गुणस्तरीय रुपमा सकिनुपर्ने आवश्यकता मन्त्री पौडेलले औंल्याएका छन् । भेटमा सरकार र निर्माण व्यवसायी दुवै पक्ष मिलेर निर्माण उद्योगको विकास गर्नुपर्नेमा मन्त्री पौडेलले जोड दिएका थिए ।
मनि) धरौटी बापतको रकम निर्माण व्यवसायीलाई बैङ्क ग्यारेन्टीको आधारमा फिर्ता पाउने व्यवस्था गरिनु अति आवश्यक भएको महासंघको धारणा छ । धरौटी वापतको रकम बजारमा आएको खण्डमा निर्माण व्यवसायले जीवन्तता प्राप्त गर्न सक्ने, हाल निर्माण व्यवसायीहरुलाई ६५ अर्ब रुपियाँ अपुग भई बन्दप्रायः रहेको सम्पूर्ण विकास निर्माणका कार्यहरु दु्रत गतिमा अगाडि बढी समयमा नै सम्पन्न हुने, निर्माण व्यवसायको उत्थान हुने र बजारमा नगद प्रबाह बढ्न गई देशको अर्थतन्त्र पनि चलायमान हुने भएकोले उक्त धरौटी बापतको रकम निर्माण व्यवसायीले बैङ्क ग्यारेन्टीको आधारमा फिर्ता पाउने व्यवस्था गरिनु पर्ने माग महासंघले अर्थमन्त्री पौडेल समक्ष राखेको छ ।
२०७६ जेठ १५ अगाडि सम्झौता भई निर्माण कार्यहरु सम्पन्न भएका र संचालनमा रहेका परियोजनाहरुमा डिजेल खर्चको मुल्य अुभिवृद्धि कर फिर्ताको सुविधा नपाएकोमा निर्माण उद्योगीहरु आर्थिक रुपले धराशायी हुने भएकोले उक्त मिति भन्दा पुराना परियोजनाहरुको मुल्य अभिवृद्धि करको रकम थप गरी व्यवसायीलाई दिने व्यवस्था गरिनुपर्ने महासंघको धारणा छ । कोभिडको असरले आर्थिक वर्ष २०७५।०७६ वा सो भन्दा अघि सम्मको मुल्य अभिवृद्धि कर तथा आय कर विवरण पेश गर्ने र नगर्ने मुल्य अभिवृद्धि.कर तथा आय करमा दर्ता भएका तर विवरण बुझाएका समेतका करदाताले आफुले बुझाउनु पर्ने बक्यौता मुल्य अभिवृद्धि कर, आयकर र विवरण २०७८ आषाढ मसान्त भित्र बुझाएमा सो मा लाग्ने जरिवाना, थप दस्तूर र ब्याज छुट गरी एक पटकको लागि साँवाकर मात्र चुक्ता गरे पुग्ने व्यवस्था गरिनु पर्ने महासंघको माग छ ।
प्रकाशित: २०७७ कार्तिक २७
उनले भने, ‘निर्माण उद्योगलाई व्यवस्थि गर्न म सहमत छु, तर यस उद्योगबाट मेरो पनि अपेक्षा छ ।’ निर्माण परियोजनाहरु उचित लागतमा निर्धारित समयमै गुणस्तरीय रुपमा सकिनुपर्ने आवश्यकता मन्त्री पौडेलले औंल्याएका छन् । भेटमा सरकार र निर्माण व्यवसायी दुवै पक्ष मिलेर निर्माण उद्योगको विकास गर्नुपर्नेमा मन्त्री पौडेलले जोड दिएका थिए ।
-
० ‘विषम परिस्थिति’ परिभाषित गरी एक वर्ष म्याद थप गर्न माग
-
० ‘५ प्रतिशत रिटेन्सन मनि’ फिर्ता गरिदेऊ सरकार, चल्न सकिएन !’
-
० क्रेडिट लाइनको व्यवस्था खारेज गर
-
० सरकारः मूअक व्यवस्था प्रत्याभूति गर
-
० खै पुनर्कर्जा ? बैंक मोटाउन मात्र छाडिदिने कि, दिने पनि ?
‘५ प्रतिशत रिटेन्सन मनि’ फिर्ता गरिदेऊ सरकार, चल्न सकिएन !’
बन्दप्रायः रहेको निर्माण कार्यलाई पुनः संचालन गरी आर्थिक कारोबारलाई चलायमान बनाउन निर्माण व्यवसायीहरुको आफ्नो बिलबाट कट्टीभई राज्यको ढुकुटीमा निष्क्रिय अवस्थामा रहेको पाँचप्रतिशत (रिटेन्सनमनि) धरौटी बापतको रकम निर्माण व्यवसायीलाई बैङ्क ग्यारेन्टीको आधारमा फिर्ता पाउने व्यवस्था गरिनु अति आवश्यक भएको महासंघको धारणा छ । धरौटी वापतको रकम बजारमा आएको खण्डमा निर्माण व्यवसायले जीवन्तता प्राप्त गर्न सक्ने, हाल निर्माण व्यवसायीहरुलाई ६५ अर्ब रुपियाँ अपुग भई बन्दप्रायः रहेको सम्पूर्ण विकास निर्माणका कार्यहरु दु्रत गतिमा अगाडि बढी समयमा नै सम्पन्न हुने, निर्माण व्यवसायको उत्थान हुने र बजारमा नगद प्रबाह बढ्न गई देशको अर्थतन्त्र पनि चलायमान हुने भएकोले उक्त धरौटी बापतको रकम निर्माण व्यवसायीले बैङ्क ग्यारेन्टीको आधारमा फिर्ता पाउने व्यवस्था गरिनु पर्ने माग महासंघले अर्थमन्त्री पौडेल समक्ष राखेको छ ।
‘विषम परिस्थिति’ परिभाषित गरी एक वर्ष म्याद थप गर्न माग
महासंघले सार्वजनिक खरिद नियमावलीको २०७६ पौष १४ गते भएको नवौं संशोधनमा व्यवस्था भए बमोजिम लामो समयदेखि म्याद थप हुन नसकेका रुग्ण किसिमका सम्पूर्ण निर्माण कार्यहरुको १ वर्ष गत २०७६ फागुनदेखि लागु हुने गरी म्याद थप भएता पनि २०७६ चैत्र ११ गतेदेखि भएको लकडाउनका कारण काम हुन नसकेकाले ती निर्माण कार्यहरुको म्याद पुनः थप गरिनु पर्ने महासंघको माग छ । महासंघ अनुसार, कोभिड–१९ का कारणले लकडाउनको अवधिसम्म विकास निर्माणका कार्य हुन नसकेको समयावधिलाई सार्वजनिक खरिद ऐनले महामारीलाई विषम परिस्थिति परिभाषित गरेको हुँदा सम्पूर्ण परियोजना एवं ठेक्काहरुको म्याद स्वतः एक वर्ष एकमुष्ट थप हुने गरी नेपाल सरकारबाट नीतिगत निर्णय हुनु पर्ने माग पनि महासंघले अघि सारेको छ ।क्रेडिट लाइनको व्यवस्था खारेज गर
सार्वजनिक खरिद नियमावली बमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयले क्रेडिट लाइनको ढाँचा तोक्ने व्यवस्था भए अनुसार हालको व्यवस्था बमोजिम निर्माण व्यवसायीहरुले निर्माण कार्यको सम्झौताको समयमा पेश गर्नुपर्ने बैंक क्रेडिट लाइनको लागि ऋण सरह चाहिने धितो लामो समय सम्म होल्डमा बस्ने र सो राखेता पनि उक्त क्रेडिट लाइनकै आधारमा ऋण नदिने, पुनः धितो दिनु पर्ने प्रावधान रहेको र कमिसन पनि लागत इस्टिमेटको प्रति वर्षको दरले झण्डै ०.६ प्रतिशत देखि २.५० प्रतिशत सम्म अत्याधिक कमिसन खर्च हुने हुँदा निर्माण लागत बढ्न जाने, व्यवसायी टाट पल्टने, सो बाट हुने खर्च राज्यको कोषमा पनि नजाने भएको हुँदा बैंकहरुलाई मात्र फाइदा हुने भएकोले सो क्रेडिट लाइनको व्यवस्था खारेज गरिनुपर्ने माग महासंघको छ ।सरकारः मूअक व्यवस्था प्रत्याभूति गर
नेपाल सरकारको . २०७७÷०७८ को बजेटमा उल्लेख भए बमोजिम आर्थिक ऐन, २०७७ ले राजश्व सम्बन्धी व्यवस्था गरे अनुसार मुल्य अभिवृद्धि कर व्यवसायीहरुले कर मिलान गरे पश्चात् बढी भएको मुल्य अभिवृद्धि कर रकम उक्त आर्थिक ऐन, २०७७ बमोजिम व्यवसायीहरुलाई फिर्ता गर्नुपर्नेमा हालसम्म उक्त व्यवस्था कार्यान्वयनमा नआएको देखिएकोले सो व्यवस्था बमोजिम मिलान गरे पश्चात्को बढी भएको मुल्यवृद्धि कर रकम व्यवसायीले सहज रुपमा फिर्ता पाउने व्यवस्था गरिनुपर्ने महासंघको माग छ ।२०७६ जेठ १५ अगाडि सम्झौता भई निर्माण कार्यहरु सम्पन्न भएका र संचालनमा रहेका परियोजनाहरुमा डिजेल खर्चको मुल्य अुभिवृद्धि कर फिर्ताको सुविधा नपाएकोमा निर्माण उद्योगीहरु आर्थिक रुपले धराशायी हुने भएकोले उक्त मिति भन्दा पुराना परियोजनाहरुको मुल्य अभिवृद्धि करको रकम थप गरी व्यवसायीलाई दिने व्यवस्था गरिनुपर्ने महासंघको धारणा छ । कोभिडको असरले आर्थिक वर्ष २०७५।०७६ वा सो भन्दा अघि सम्मको मुल्य अभिवृद्धि कर तथा आय कर विवरण पेश गर्ने र नगर्ने मुल्य अभिवृद्धि.कर तथा आय करमा दर्ता भएका तर विवरण बुझाएका समेतका करदाताले आफुले बुझाउनु पर्ने बक्यौता मुल्य अभिवृद्धि कर, आयकर र विवरण २०७८ आषाढ मसान्त भित्र बुझाएमा सो मा लाग्ने जरिवाना, थप दस्तूर र ब्याज छुट गरी एक पटकको लागि साँवाकर मात्र चुक्ता गरे पुग्ने व्यवस्था गरिनु पर्ने महासंघको माग छ ।
खै पुनर्कर्जा ? बैंक मोटाउन मात्र छाडिदिने कि, दिने पनि ?
नेपाल सरकारको बजेटमा रु. १ खर्ब पुर्नकर्जा उल्लेख भए बमोजिम कोभिड–१९ को कारणले देशमा भएको लकडाउनले गर्दा विकास निर्माणका कार्यहरु लामो समय हुन नसकी खर्च धान्न कठीन हुन जाने भएकोले साना तथा मझौला निर्माण व्यवसायीहरुलाई समेत ध्यानमा राखी ठेक्का कर्जामा २० प्रतिशत लिमिट थप गरी उक्त पुर्नकर्जाको सुविधा पाउने गरी स्पष्ट पारी कार्यान्वयन गरिदिन महासंघले मन्त्री पौडेल समक्ष आग्रह गरेको छ ।क्रसर बन्द गर्ने अनि सडक पनि बनाऊ भन्ने ?
हालै देशभरका जिल्ला प्रमुख अधिकारीहरुलाई गृह मन्त्रालयले मापदण्ड देखाई क्रसर उद्योग तत्काल बन्द गराउन निर्देशन दिएको हुँदा सो निर्णयबाट विकास निर्माणका कार्यहरु बन्द हुने भएकोले उक्त मापदण्डमा भए नभएको सम्बन्धित निकायले अनुगमन गर्ने गरी नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा बिक्री वितरण गर्न पाउने व्यवस्था सुचारु गरिनु पर्ने माग महासंघले अघि सारेको छ । त्यस्तै कोभिडका कारणले विकास निर्माणका कार्य हुन नसकेको समयावधिका आयोजनाहरुको लागि जारी गरिएका बैंक ग्यारेण्टीहरु तथा बिमाको म्याद थप सम्बन्धमा नेपाल सरकार मन्त्रीपरिषद्को पटक–पटकको निर्णय अनुसार र नेपाल सरकारको बजेट वक्तव्यमा व्यवस्था भए अनुसार कार्यान्वयनका लागि उक्त बैंक ग्यारेण्टीहरु तथा बिमाको म्याद स्वतः एकमुष्ट १ वर्षको लागि थप गरिनुपर्ने महासंघले जनाएको छ । कोभिडका कारण विषम परिस्थिति श्रृजना भई विकास निर्माणका कार्यहरु हुन नसकेको सन्दर्भमा निर्माण उद्योगमा लगानी भएको ऋणलाई राहत स्वरुप प्रदान गरिएको २ प्रतिशत ब्याज छुटमा निर्माण उद्योगलाई समेत समावेश गर्न महासंघले आग्रह गरेको छ । प्रतिनिधिमण्डलमा महासंघका मानार्थ सदस्य तथा संघीय संसद् जीप छिरिङ लामा शेर्पा, महासंघका सल्लाहकार रमेश शर्मा, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, उपाध्यक्ष रत्नबहादुर खड्का, महासचिव रोशन दाहाल, उपमहासचिव (नितिगत) टंकप्रसाद चौलागाई, कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायत सहभागी रहेका थिए । ०००प्रकाशित: २०७७ कार्तिक २७
November 12th 2020
प्रतिक्रिया दिनुहोस्