नेपाली समय: ०३:४३:२६ बिहान
वि.सं २०८३ आषाढ १६   मंगलवार

उपल्लो र अपर खिम्तीले मंसिर अन्तिमबाट १९ मेगावाट विद्युत् उत्पादन थाल्ने

 निर्माण सञ्चार,१२ मंसिर,काठमाडौँ । उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन हुने भएको छ ।

दोलखा र रामेछापको सीमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन १२ मेगावाट उपल्लो खिम्ती पहिलो र सात मेगावाट अप्पर खिम्ती दोस्रो गरी कूल १९ मेगावाट विद्युत् उत्पादन हुन लागेका हुन् ।

हिमालय ऊर्जा विकास कम्पनीले निर्माण गरेको दुवै आयोजनको सम्पूर्ण काम सकिएको र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेकाले विद्युत् उत्पादन शुरु हुने आयोजनाका मेकानिकल इञ्जिनियर अमित सिंहले जानकारी दिए ।


पहिलो आयोजनमा विद्युत् उपकरणको काम यसै हप्ता अन्तिम चरणमा पुग्ने र दोस्रो आयोजनको पेनस्टक पाइपको काम अन्तिम चरणमा भएकाले मङ्सिरको अन्तिमसम्म आयोजनाले विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य लिएको अमित सिंहले जानकारी दिए ।

आयोजनाबाट उत्पादित विद्युत् गर्जाङमा निर्माणाधीन सवस्टेशनमा जोडिने छ। आयोजनको काम समयमा नहुँदा लागत अनुमान बढेको बताइएको छ ।

तीन अर्ब १५ करोड लागतमा निर्माण भएका दुई आयोजनामा नबिल बैंक, नेपाल बैंक लिमिटेड, एभरेष्ट बैंक र एस डेभलपमेन्ट बैंकले दुई अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी गरेका छन्। 

अर्का खिम्ती गर्जाङ १३२ केभीको प्रसारण लाइन निर्माणाधीन छ । नेपाल विद्युत् प्राधिकारणले निर्माण गरी रहेको प्रसारण लाइनको काम ढिलासुस्ती भएर समयमा नहुने भएमा विकल्पमा कम्पनीको उच्च ध्यान गई छलफल गरिने इञ्जिनीयर सिंहले बताए ।

प्रसारण लाइनको काममा ढिलासुस्ती भएमा दैनिक उत्पादित विद्युत् खेर गई आम्दानीबाट करोडौँको घाटा हुने भएकाले आयोजनाको व्यवस्थापनको विकल्प खोज्नुपर्ने बाध्यता रहेको उनले बताए। आयोजनाका विद्युत्गृहमा जापानिज तोसिबा कम्पनीको उपकरण जडान गरिएको छ । उपकरण जडानमा भारतीय प्राविधिकको टोलीले काम गर्दै आएका छन् ।

 

०००


 



प्रकाशित: २०७७ मंसिर १२
November 27th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार