नेपाली समय: ०६:२१:४३ बिहान
वि.सं २०७९ जेठ १०   मंगलवार

मेयर चालिसे ‘विकासवादी नेता’को छवि बनाउँदैः आइटी सूचनापाटीको उद्घाटनदेखि फुटसल मालैमालाको सम्मान

निर्माण सञ्चार, २६ मंसिर, ०७८, काठमाडौं

काठमाडौं महानगरपालिकासँग जोडिएका आसपासको मेयरहरु पछिल्ला दिनमा आफ्नो छवि जोगाउने दौडमा छन् । चुनाव आएपछि मात्र स्थानीय जनताको मन जित्न दौडने नेताहरु त्यसअघि जनताको दुखसुखमा कतिको जोडिएका छन् भन्ने सर्वेक्षण गर्ने हो भने गोकर्णेश्वर नगरपालिका अन्यका तुलनामा एक कदम अघि रहेको देख्न सकिन्छ ।

डिजिटल सूचनापाटी सञ्चालन भएपछि सूचनापाटीकै बगलमा मेयर चालिसे सहितको तस्वीर ।
स्थानीय सडक पूर्वाधारदेखि आइटीमा विकास, स्थानीय नगरवासीका विभिन्न पक्षसँग प्रत्यक्ष जोडिदै आएका नगरप्रमुख सन्तोष चालिसेको लोकप्रियता मापन गर्ने कार्यक्रम बन्यो स्थानीय युवाको फुटसलको उद्घाटन । 

त्यस अघि गोकर्णेश्वर नगरपालिकाको नगर गतिविधि, क्षेत्रको जानकारी नगरवासीलाई सहज उपलब्ध गराउन नगरको वडा नं ५ जोरपाटी चोकमा डिजिटल सूचना बोर्ड जडान गरेर उनी फुटसल उद्घाटनमा पुगेका थिए ।

बोर्ड जडान कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चालिसेले नगरले सञ्चालन गर्ने गतिविधिमा नागरिकको सहज पहुँच पुर्याउने उद्देश्यले डिजिटल सूचना बोर्ड राखिएको बताएका थिए ।

नगरप्रमुख चालिसेले भने– ‘सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउने र नगरले सञ्चालन गर्ने योजनाहरु, नीति तथा कार्यक्रम एवं वार्षिक बजेट बारे जानकारी यही बोर्डमाफत गराउँछौं ।’

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले डिजिटल सूचना बोर्ड राखेर नयाँ प्रविधिसँग जोडिने प्रयत्न गरेको बताउँदै सूचना तथा गतिविधिमा नागरिकको सहज पहुँच पुग्ने विश्वास व्यक्त गरे । 

नगरपालिका पधाधिकारी, कर्मचारी र स्थानीयको उपस्थितिमा जडान गरिएको उक्त सूचना बोर्डबाट नगरवासी लगाएत यात्रा गर्ने यात्रुहरुले समेत नगरपालिकाको गतिविधि, नगरका सामाजिक, सास्कृतिक र पर्यटकीय स्थलहरुको बारेमा जानकारी पाउन सक्ने देखिन्छ ।

फुटसलमा मेयर चालिसे, स्वागत र सम्मानको ओइरो

नगरपालिकाका मेयर चालिसेले खेलकुद प्रेमीहरुबाट सम्मान पाएका छन् । स्थानीय पालिकामा फुटसल उद्घाटन क्रममा उनलाई स्थानीयले फुलैफूलको मालाले ढाकिदिएका थिए भने युवादेखि वृद्धसम्मले उनको सम्मान गरेका थिए । 

सो सम्मान गोकर्णेश्वर फुटसल तथा फिटनेस क्लबको उदघटन कार्यक्रमका अवसरमा भएको थियो । कार्यक्रम प्रथम रत्नलाल स्मृति अन्तर विद्यालय फुटसल प्रतियोगिताका सहभागीहरुलाई मेयर चालिसेले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा अरुणोदय माध्यमिक विद्यालय, आरुबारी प्रथम भएको थियो ।

पछिल्ला दिनमा मेयर चालिसे विकासका गतिविधिमा अत्यधिक जोडिएका कारण नगरवासीहरुबाट सकारात्मक टिप्पणी पाइरहेका छन् ।

देखिनेगरी विकास गरेका कारण उनको लोकप्रियता पनि बढेको धेरैको भनाइ छ । सडक पूर्वाधार, सूचना पूर्वाधार, स्थानीय जनसंस्कृतिको संरक्षण, युवा तथा खेलकुद आदिप्रति गहिरो चासो भएका कारण उनलाई विपक्षीहरुले पनि विकास प्रेमी छवि बनाउन सफल मेयरका रुपमा लिन थालेको पाइयो ।  


०००



प्रकाशित: २०७८ मंसिर २६
December 12th 2021

सरस्वती चौलागाईं

सहकारी तथा बजार सम्बन्धित हुनुहुन्छ