एमाले रोजेका वैद्य भन्छन्, ‘मिश्रले धोखा दिए, धेरै गोरेटाहरु होइन एउटै राजमार्ग रोज्न साथीहरुलाई पनि अपिल गर्छु’
निर्माण सञ्चार, २३ फागुन, ०७८, काठमाडौं ।
२२ गते मध्याह्नतिर सञ्चार माध्यमतिर एउटा खबर आयो– ‘विवेकशील नेपाली पार्टीका काठमाडौं जिल्ला अध्यक्ष एमाले प्रवेश !’ भाइरलकै रुपमा फैलिएको समाचार खण्डन गर्दै रवीन्द्र मिश्र रहेको विवेकशील साझा दलले ‘समाचारप्रति ध्यानाकर्षण’ भएको भन्दै उक्त व्यक्ति आफ्नो पार्टीमै नरहेको बतायो ।
भोलिपल्टै आफूमाथि रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझाले आफू तत्कालीन विवेकशील नेपाली दलको काठमाडौं जिल्ला अध्यक्ष भएको इतिहासलाई समेत मेटाउने गरी निकालेको खण्डनले गम्भीर ध्यानाकर्षण भएको भन्दै अमृतराज वैद्यले खण्डनको पनि खण्डन प्रकाशित गरे ।
निर्माण मिडिया नेटवर्कसँगको साक्षात्कारमा एमाले युवा नेता वैद्यले आफ्नो प्रारम्भिक राजनीतिक जीवन विवेकशील नेपाली पार्टीको समाज सेवी अभियानबाट भएको भन्दै आफ्नो इतिहास नै मेटिने गरी खण्डन आएकोमा प्रतिक्रिया जनाए ।
https://www.youtube.com/watch?v=4qLoY0M2gz8
उनले आफू विवेकशील नेपाली दलको अस्तित्व रहेको बेला तत्कालीन स्थानीय चुनावमा रञ्जु दर्शनालाई काठमाडौं महनागरपालिकाको मेयरमा स्थापित गराउने र चर्चाको त्यो उचाइ दिलाउने मध्येका प्रमुखका रुपमा काठमाडौं जिल्लाको अध्यक्ष भएको समेत बताए ।
नेता वैद्यले आफूले एमाले रोजेपछिको परिस्थितिलाई भने सामान्य रुपमै लिएको बताए । आफूले सार्वजनिक सञ्चार जगत्लाई पनि आफूसँग जोडिएर भ्रमपूर्ण रुपले कुराहरु आउन थालेपछि भ्रम निवारण गर्न विज्ञप्ति नै जारी गरेको बताए ।
विवेकशील साझा पार्टीले खण्डन गर्दै, ‘वैद्य आफूहरुको पार्टीमा नभएको’ बताएकोमा वैद्यले त्यसको खण्डनमा आफू नेकपा एमालेमा रहेको स्पष्ट पारेका छन् । विज्ञप्तिमा नेता वैद्यले आफ्नो विगतको इतिहास सम्झदै उक्त दलको काठमाडौं जिल्ला अध्यक्ष तथा वागमती प्रदेश कमिटी सदस्य रहेको प्रस्ट पारेका छन् ।
नेता वैद्यले आफू मात्र नभई अन्य साथीहरुलाई पनि ‘गोरेटो नभई राजमार्ग रोज्न अपिल गर्ने’ बताए । उनले अब जनताको बहुदलीय जनवाद जस्तो विचारधाराको ‘वेट’ समाजमा भएको भन्दै आफू पनि सोही अनुसार अघि बढ्ने बताएका छन् ।
एमाले नै किन रोजियो त ? भन्ने प्रश्नमा उनले समाज सेवा मात्र भनेर बस्दा मुलुकलाई परिवर्तन गर्न नसकिने भएकाले ठुलो राष्ट्रियताको सन्दर्भमा सबैभन्दा अब्बल दल भएकाले एमाले रोजेको बताए ।
उनले भने, ‘समाज सेवा मात्र भन्दा समाजसेवा मात्र हुँदो रहेछ । तर समाज बदल्न त राज्यसत्ताको केन्द्रमै नरही नहुने रहेछ । त्यसैले समाज बदल्ने विचार पनि भएको राष्ट्रियताको पनि नेता भएको दल एमालेलाई रोजको हो ।’https://www.youtube.com/watch?v=1hF55PqJ5FY&t=8s
पार्टी परिवर्तनलाई सामान्य रुपमा लिएका उनी आगामी दिनमा एमालेले जिम्मेवारी दिए अनुसार अघि बढ्ने बताए । स्थानीय अजित लामा लगायत एमाले युवाहरुले लगातार गरेको प्रयासबाट कन्भिन्स्ड भएर एमालेमा प्रवेश गरेका वैद्यले २२ गते ओली निवास बालकोट गएर एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टिका, खादा र अबिर लगाएका थिए ।

०००
प्रकाशित: २०७८ फाल्गुण २३
उनले भने, ‘समाज सेवा मात्र भन्दा समाजसेवा मात्र हुँदो रहेछ । तर समाज बदल्न त राज्यसत्ताको केन्द्रमै नरही नहुने रहेछ । त्यसैले समाज बदल्ने विचार पनि भएको राष्ट्रियताको पनि नेता भएको दल एमालेलाई रोजको हो ।’

०००
प्रकाशित: २०७८ फाल्गुण २३
March 7th 2022
प्रतिक्रिया दिनुहोस्