चीनले तयार पार्यो कोरोनाको भ्याक्सिनः दुई खोप मानिसमाथि परीक्षण गर्न अनुमति
निर्माण सञ्चार, २ वैशाख ०७७, एजेन्सी ।
चीनले विश्वकुख्यात महामारी कोरोना भाइरस विरुद्ध तयार पारिएको खोप परीक्षण गर्न अनुमति दिएको छ ।
कोरोनाभाइरसविरुद्ध तयार गरिएका दुई वटा प्रयोगात्मक खोप मानवमाथि प्रयोगका लागि अनुमति दिएको हो ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार बेइजिङमा रहेको सिनोभाक बायोटेक र वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्टसले यी खोपहरु तयार गरेका हुन् ।
यसअघि गत मार्चमा चिनियाँ जनमुक्ति सेनाको एकाडेमी अफ मिलिटरी साइन्स र क्यानसाइनो बायोले तयार गरेको खोपलाई पनि क्लिनिकल परीक्षणका लागि चीनले अनुमित दिएको थियो ।
अमेरिकी औषधी निर्माता कम्पनी मोर्डेनाले आफूले निर्माण गरेको खोपको मानिसमाथि परीक्षण शुरु गरेको जनाएको केही समयमा नै चीनले पनि यस्तो घोषणा गरेको छ । यस अघि पनि चीनले ३ प्रकारका भ्याक्सिनहरु ३ उमेर समूहका मानिसमाथि प्रयोग गरेको बताएको थियो । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म विश्वभर १९ लाखभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट संक्रमित छन् । यसबाट १ लाख १९ हजार ६०० जनाले ज्यान गुमाइसकेका छन् भने ४ लाख ५० हजार निको भएका छन् । न्युयोर्क सहरमा मात्र १० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । स्रोतः द स्ट्रेटटाइम्स
०००
प्रकाशित: २०७७ बैशाख २

April 14th 2020
प्रतिक्रिया दिनुहोस्