नेपाली समय: ०२:५३:४३ बिहान
वि.सं २०८० मंसिर २१   बिहीवार

निर्माण व्यवसायी होसियार ! १ हजार ८४८ ठेक्का सहित १२० कर्मचारीमाथि अख्तियारले थाल्यो छानबिन

निर्माण सञ्चार, ६ जेठ, ०७६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ हजार ८४८ ठेक्का सहित १२० कर्मचारीमाथि छानबिन थालेको बताएको छ ।

गत मंसिर–माघदेखि नै ठेक्का लिएर काम नभएका विभिन्न ठेक्काहरुमा अनुसन्धान गरेको आयोगले १ हजार ८४८ ठेक्काहरुमाथि कारबाही गर्ने अन्तिम तयारी गरिरहेको हो । अख्तियार कार्यालय हेटौंडामा आइतबार आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्न पुगेको अख्तियार प्रमुख आयुक्त नवीनकुमार घिमिरेले यसबारे जानकारी दिएका हुन् ।

प्रमुख आयुक्त घिमिरेले बालुवाटार सहित देशैभरका सार्वजनिक जग्गामाथि अख्तियारले सूक्ष्म अध्ययन गरिरहेको भन्दै यस्ता घटनामा मुछिएका कसैलाई पनि छुट नदिने समेत बताए ।


सरकारी जग्गा हिनामिना गर्ने क्रममा पछिल्लो दिनमा जुम्लाको गुठिचौरस्थित ५९० रोपनी जग्गा मालपोत अधिकृतले श्रीमती सहित आफन्तको नाउँमा दर्ता गरेका घटना समेत अख्तियारको निगरानीमा परेको छ ।

यही क्रममा ठेक्का भित्र लुकिछिपी अभियुक्तका रुपमा रहेका १ हजार ८४८ ठेक्काहरुलाई अख्तियारले कारबाहीको दायाराभित्र पार्न लागेको हो ।

त्यस्तै, उसको अनुसन्धानले १२० जना कर्मचारीहरुलाई समेत छानबिन गरिरहेको प्रमुख आयुक्तले बताएका हुन् ।

 

०००
 



प्रकाशित: २०७६ जेठ ६
May 20th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार