मेलम्ची खानेपानी आयोजनाका लागि ७ अर्ब ३९ करोड बजेट
बुधबार, १५ जेठ, निर्माण सञ्चार, काठमाडौं । आर्थिक वर्ष ०७६–०७७ को बजेटमार्फत सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ७ अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेट भाषणा मार्फत् मेलम्ची खानेपानी आयोजनाका लागि ७ अर्ब ३९ करोड बजेट छुट्याएको घोषणा गरेका हुन् ।
सिएमसी भागेपछि अन्यौलमा परेको सरकारले अबको बाँकी काम टुक्र्याएर ठेक्का लगाइने बताएको छ । उक्त परियोजनाको कामको जिम्मा आयोजना सञ्चालक समितिलाई दिइएको छ ।
यस अघि सरकारले मन्त्रिपरिषद बैठकबाट मेलम्चीको काम विशेष परिस्थिति अनुरुपको कानूनी आधारमा टेकेर अघि बढाउने निर्णय गरेको थियो भने नीति तथा कार्यक्रमबाट नै एक वर्षभित्र मेलम्चीको पानी ल्याउने घोषणा गरिएको थियो ।
सार्वजनिक खरिद नियमावलीको १४५ अनुसार कामको प्रकृतिअनुसार विभिन्न प्याकेज बनाएर ठेक्का लगाइने ठाउँमा सरकार पुगेको देखिन्छ ।
यो दफामा विशेष परिस्थितिमा खरिद गर्ने सम्बन्धी व्यवस्था हालैको संशोधनबाट ल्याइएको हो ।
‘ऐनको दफा ६६ बमोजिम खरिद गर्दा सार्वजनिक निकायले खरिदको आवश्यकताको लिखित विवरण, गुणस्तर, परिमाण, शर्त र कार्य सम्पन्न गर्ने अवधि जस्ता विवरण तयार गरी आकस्मिक परिस्थितिको सामना गर्न आवश्यक परिमाण र समयावधिका लागि मात्र यथासम्भव प्रतिस्पर्धा गराई वा एउटा मात्र निर्माण व्यवसायी, आपूर्तिकर्ता, परामर्शदाता वा सेवा प्रदायकसँग लिखित दरभाउ वा प्रस्ताव लिई स्वच्छ र उचित मूल्यको लागि वार्ता गरी खरिद गर्नु पर्ने’ उल्लेख छ । जुन दफा १४५ मा भनिएको छ ।
यो व्यवस्था बमोजिम दशलाख रुपैंयाँ भन्दा बढी रकमको खरिद गरेको भएमा त्यस्तो निकायले त्यसरी खरिद भएको विवरणको सार्वजनिक सूचना प्रकाशन गर्नु पर्ने हुन्छ । सोको जानकारी सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पठाउनु पर्ने व्यवस्था छ ।
सिएमसीले गत पुस २ गते कम्पनी टाट पल्टेको घोषणा गर्दै उक्त परियोजना छाडेको थियो । उसले छाडेपछि रोकिएको काम अझै अघि बढ्न सकेको छैन ।
सरकारले पनि सिएमसीसँग ठेक्का तोडेको घोषणा गरेको थियो । पढौं यो पनि OOO
प्रकाशित: २०७६ जेठ १५
सरकारले पनि सिएमसीसँग ठेक्का तोडेको घोषणा गरेको थियो । पढौं यो पनि OOO
प्रकाशित: २०७६ जेठ १५
May 29th 2019
प्रतिक्रिया दिनुहोस्