नेपाली समय: ०८:१८:४५ pm
वि.सं २०७६ भाद्र ५   बिहीवार

e-GP सिस्टममा खराबी आएपछि खरिद अनुगमन कार्यालयले थप्यो बोलपत्र भर्ने म्याद

निर्माण सञ्चार, २९ जेठ, काठमाडौं । केही दिनदेखि आएको प्राविधिक खराबीलाई देखाउँदै सार्वजनिक खरिद अनुगमन कार्यालयले e-GP सिस्टम मार्फत् बोलपत्रमा सरिक हुने समय थपेको छ ।

सिस्टममा भएको खराबीका कारण खरिद अनुगमन कार्यालय बाफल ताहाचलका नाउँबाट यही २६, २७ र २८ गते लगातार ३ पटकसम्म सूचना जारी गरिएको हो ।

पछिल्लो पटक थपिएको सूचनाले भने यो (जेठ) महिनाको ३० गतेसम्मका लागि म्याद थपेको जनाएको छ । 
विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका २०७४ दफा ३१ को उपदफा १ खण्ड ‘ग’लाई हवाला दिदै कार्यालयले प्रणाली व्यवस्थापक मार्फत् उक्त दिनसम्मका लागि म्याद थपेको जनाएको हो ।
 
बोलपत्र दरखास्त गर्न अघिल्ला २  वर्षदेखि अभ्यासमा आएको इलेक्ट्रोनिक गभर्मेन्स प्रोक्युरमेन्ट अर्थात् विद्युतीय खरिद प्रणाली सञ्चालनमा अनुगमन कार्यालयभित्र पनि दक्ष जनशक्ति अभाभ भएको देखिएको छ ।
सिस्टममा खराबी आएपछि तोकिएको मितिभित्र बोलपत्र दरखास्त क्रममा रहेका निर्माण व्यवसायीले भने दुख झेल्नु परेको छ ।

सरकारले पछिल्ला दिनमा पेपरलेस गभर्मेन्ट सञ्चालन गर्ने भने पनि प्रविधि सञ्चालनका लागि आवश्यक जनशक्ति अभाव र प्रविधिमैत्री सीप सिकाउन नसकेका कारण देशैभरका मन्त्रालयदेखि स्थानीय तहसम्म यो प्रणाली लागू गर्न सकेको छैन । 

लागू गरेकै ठाउँमा पनि हालत यस्तो छ ।

यो हप्ता इजिपी प्रणालीमा समस्या आएपछि खरिद अनुगमन कार्यालयले निकालेको सूचना

हरेक दिन सूचना निकाल्दै भोलिपल्टका लागि म्याद थपेको जनाएको खरिद अनुगमन कार्यालयलये गत २४ गतेदेखि बिग्रिएको इजिपी खरिद प्रणालीमा सुधार गर्न सकेको छैन ।

 

पढौं यो पनि

२५ दिन नबित्दै खरिद नियमावलीमाथि अर्को संशोधनः ‘वार्ता र प्रक्रियामै नपसी एकाएक कसरी आयो सातौं संशोधन ?’

 

०००

 

To Go Front Face Coverage, Click Here



प्रकाशित: २०७६ जेठ २९
June 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार