योगेश भट्टराईको प्रस्तावः ‘गुठी विधेयक स्थगित गरौं, नयाँ शिराबाट अघि बढौं’
निर्माण सञ्चार, १ असार, काठमाडौं । बहुविवादित गुठी विधेयकलाई स्थगित गरेर नयाँ शिराबाट अघि बढ्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले सरकार समक्ष नयाँ प्रस्ताव गरेका छन् ।
आफ्नो सामाजिक सञ्जाल ट्विटर मार्फत् धारणा अघि सार्दै आइतबार भट्टराईले यस्तो प्रस्ताव गरेका हुन् ।
गुठी विधेयकले विवाद सिर्जना गर्दै गएपछि नेता भट्टराईले फरक तरिकाले सोचेर अघि बढ्न सरकार र सरोकारवाला पक्षलाई आग्रह गरेका हुन् ।
उनको टिप्पणी छ, ‘गुठी विधेयक बुझाउनु पर्नेले बुझाउन सकेनन् र बुझ्नु पर्नेले बुझ्न कोशिस नै गरेनन् । ... अवाञ्छित पनि मिसिएर साम्प्रदायिक धावा बोल्न थाले ।’ उनले प्रधानमन्त्री स्वदेश फर्किसकेको सन्र्दभ कोट्याउँदै ‘यसमाथि नयाँ शिराबाट अघि बढ्न’ अपिल गरेका छन् ।https://twitter.com/yogesbhattarai/status/1140171581009698816
यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ७ दिने युरोप भ्रमणबाट फर्केलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफमा गुठी विधेयक संशोधन हुन सक्ने जनाएका थिए ।
नेता भट्टराईले साम्प्रदायिक सद्भावमाथि धावा बोल्नहरु नै सक्रिय हुन थालेको भन्दै सचेत हुन समेत उनको संकेत छ ।
नेकपाकै अर्का सांसद रामकुमारी झाँक्रीले पनि विधेयक फिर्ता लिन माग गरेकी छन् । उनले पनि आफ्नो ट्वीट मार्फत् भनेकी छन्, ‘यो विधेयक फिर्ता लिई अर्को मस्यौदा गर्न उचित हुन्छ।’ गुठीसँग जनताको भावनात्मक सम्बन्ध जोडिएको भन्दै नेतृ झाँक्रीले विधेयकका व्यवस्थाले भावनात्मक रुपमा सबै क्षेत्रका गुठीको सम्बोधन गर्न नसकेको उनको टिप्पणी छ । प्रस्तुत गुठी विधेयक आजभन्दा करिब १६ वर्ष अघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तयार गरेको विधेयकसँग हुबहु मिल्ने क्लजहरु परेका छन् । जुन विधेयकले उनले नै अघि सारेका विषयहरु राखेको देखिन्छ । जुन विवादित बनेका छन् । यो सरकारले ल्याएको गुठी विधेयक देउवाकै पालामा तयार भइसकेको मस्यौदासँग मिल्दो छ । तत्कालीन राजा ज्ञानेन्द्रले असक्षम घोषणा गरी सरकार नै कू गरेपछि उक्त विधेयक जहाँको त्यही थियो । नेता भट्टराईले मिडिया काउन्सिल विधेयक पनि सच्चिन आवश्यक रहेको बताउँदै आएका छन् । ००० सम्बन्धित समाचार पढौं To go Front Face of the Coverage, Click Here
प्रकाशित: २०७६ आषाढ १
उनको टिप्पणी छ, ‘गुठी विधेयक बुझाउनु पर्नेले बुझाउन सकेनन् र बुझ्नु पर्नेले बुझ्न कोशिस नै गरेनन् । ... अवाञ्छित पनि मिसिएर साम्प्रदायिक धावा बोल्न थाले ।’ उनले प्रधानमन्त्री स्वदेश फर्किसकेको सन्र्दभ कोट्याउँदै ‘यसमाथि नयाँ शिराबाट अघि बढ्न’ अपिल गरेका छन् ।
नेकपाकै अर्का सांसद रामकुमारी झाँक्रीले पनि विधेयक फिर्ता लिन माग गरेकी छन् । उनले पनि आफ्नो ट्वीट मार्फत् भनेकी छन्, ‘यो विधेयक फिर्ता लिई अर्को मस्यौदा गर्न उचित हुन्छ।’ गुठीसँग जनताको भावनात्मक सम्बन्ध जोडिएको भन्दै नेतृ झाँक्रीले विधेयकका व्यवस्थाले भावनात्मक रुपमा सबै क्षेत्रका गुठीको सम्बोधन गर्न नसकेको उनको टिप्पणी छ । प्रस्तुत गुठी विधेयक आजभन्दा करिब १६ वर्ष अघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तयार गरेको विधेयकसँग हुबहु मिल्ने क्लजहरु परेका छन् । जुन विधेयकले उनले नै अघि सारेका विषयहरु राखेको देखिन्छ । जुन विवादित बनेका छन् । यो सरकारले ल्याएको गुठी विधेयक देउवाकै पालामा तयार भइसकेको मस्यौदासँग मिल्दो छ । तत्कालीन राजा ज्ञानेन्द्रले असक्षम घोषणा गरी सरकार नै कू गरेपछि उक्त विधेयक जहाँको त्यही थियो । नेता भट्टराईले मिडिया काउन्सिल विधेयक पनि सच्चिन आवश्यक रहेको बताउँदै आएका छन् । ००० सम्बन्धित समाचार पढौं To go Front Face of the Coverage, Click Here
प्रकाशित: २०७६ आषाढ १
June 16th 2019
प्रतिक्रिया दिनुहोस्