नेपाली समय: ०८:१९:५९ pm
वि.सं २०८३ भाद्र १   सोमवार

योगेश भट्टराई भन्छन्, ‘मिडिया र राज्य एउटै डुङ्गामा सयर गर्ने कुरा हुन्, विधेयक संशोधन हुन्छ’

निर्माण सञ्चार, ३२ जेठ, काठमाडौं । विवादित मिडिया काउन्सिल विधेयक संशोधन हुने नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले बताएका छन् ।

तत्कालीन प्रेस सेन्टर नेपालका काठमाडौं जिल्ला अध्यक्ष गोविन्द शर्माको १३ औँ स्मृति सभामा बोल्दै भट्टराईले मिडिया काउन्सिल विधेयक समय सन्दर्भअनुसार संशोधन गर्न आवश्यक रहेको समेत उनको भनाइ छ ।

विशेष गरी सञ्चार क्षेत्रमा लोकप्रिय छवि रहेका नेता भट्टराईले सरकारले नयाँ तौरबाट कदम अघि सारिसकेको स्मरण गर्दै विधेयक संशोधन हुने बताएका हुन् ।
उनले भने, ‘कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलज्यूले पनि मिडिया काउन्सिलको विषयमा सम्पादकहरुसँग छलफल गरी सक्नुभएको छ । हाम्रो पार्टी र सरकार प्रेस स्वतन्त्रताको विपक्षमा पनि होइन । यहाँ विषय वस्तुहरु बुझाइमा मिस अन्डरस्टाडिङ मात्रै भएको हो ।’

मिडिया र राज्य फरक नभएको उनको तर्क छ । उनले मिडिया र राज्य एउटै डुङ्गामा सयर गर्ने क्षेत्र भएकाले एक अर्काेको परिपूरक रहेको उनको भनाइ छ ।

सरकार हतारमा विधेयक ल्याउने र टिक्न नसक्ने शैलीका कारण अलोकप्रिय बनिरहेको विश्लेषकहरुको भनाइ छ

मिडिया काउन्सिल विधेयकको ड्राफ्ट मात्रै संसद्मा पेस भएको तर्फ संकेत गर्दै नेता भट्टराईले विधेयक संसदबाट पारित हुँदा सर्वस्वीकार्य रुपमा आउने आश्वासन दिएका हुन् ।

कानुन ल्याउन हतार गर्ने र पछि फर्कने शैलीले सरकार कमजोर बन्दै

पछिल्ला दिनमा सरकार सार्वजनिक खरिद नियमावलीदेखि गुठी र मिडिया सम्बन्धी कानुनसम्म विवादित बनिरहेको छ । सरोकारवाला निकायलाई पन्छाउँदै एकलौटी रुपमा कानुनहरु ल्याएका करण सरकार अलोकप्रिय मात्र हैन, पूर्वाधार विकासका क्षेत्रमा त कामै गर्न नसक्ने ठाउँमा पुगेको छ ।

सार्वजनिक खरिद नियमावली जारी गरेको ४ हप्ता पनि टिक्न नसक्दा सरकारको कार्यशैली कमजोर रहेको समेत निजी क्षेत्रको आलोचना छ ।

मिडिया काउन्सिल विधेयकका हकमा पनि सरकारले ‘ब्याक गिअर’ चलाउनु पर्ने ठाउँमा पुगिसकेको देखिन्छ । सरकार हतारमा विधेयक ल्याउने र टिक्न नसक्ने शैलीका कारण अलोकप्रिय बनिरहेको विश्लेषकहरुको भनाइ छ ।

 

०००

यो पनि पढौं 

 

To Go Front Face Coverage, Click Here



प्रकाशित: २०७६ जेठ ३२
June 15th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार