नेपाली समय: ०६:४०:४२ बेलुका
वि.सं २०७६ कार्तिक २   शनिवार

राखेप सदस्य सचिवमा रमेश सिलवाल

निर्माण सञ्चार, २३ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन् ।

सदस्य सचिवका रुपमा उनलाई तालुक मन्त्रालयले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम छ । दिउसो ३ बजे युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले सिलवाललाई शपथ गराउने कार्यक्रम रहेको छ ।

यस अघि केशव बिष्टको ४ बर्षे कार्यकाल असार ९ गते सकिएपछि सरकारले सिलवाललाई  खेलकुदको कार्यकारी पदको जिम्मेवारी दिएको हो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले उनलाई खेलकुदको नेतृत्व गर्ने जिम्मेवारी सहित सदस्य सचिवको पदमा प्रस्ताव गरेका हुन् । 

नेपालको शिक्षा क्षेत्रमा उच्च ख्याती कमाएका सिलवाल नीजि विद्यालयहरुको छाता संगठन हिसानका अध्यक्ष समेत रहेका छन् । 

यस अघि उनले मदन भण्डारी स्पोर्ट्स फाउन्डेसनका संस्थापक अध्यक्षका रुपमा समेत भूमिका खेलेका थिए ।

नेपालका टप–ट्वान्टी कलेजहरुमा उत्कृष्ट स्थान बनाउन समेत सफल गोल्डेन गेट कलेजका सिइओ समेत रहेका सिलवालले आइसिसीले निलम्बन गर्नु अघि राखेपद्वारा गठित नेपाल क्रिकेट संघ (क्यान) तदर्थ समितिको संयोजकको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गरेका थिए ।

 

०००

पढौं यो पनि

 

 

To see front face coverage, click here



प्रकाशित: २०७६ आषाढ २३
July 8th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार