नेपाली समय: ११:४८:१३ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

तस्वीरमा राखेप नवनियुक्त सदस्य सचिव सिलवालको सपथः भने, ‘हनिमुन पेरियडमै रिजल्ट दिने गरी काम गर्छु’

निर्माण सञ्चार, २३ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका रुपमा पदभार ग्रहण गर्दै शिक्षाविद् समेत रहेका रमेश सिलवालले अब साग गर्न नहुने बताएका छन् ।

तोकिएको अवधिमा साग सम्पन्न गर्ने चुनौती बोकेर नै आफूले सदस्य सचिवको पदभार ग्रहण गरेको उनको भनाइ छ ।

नवनियुक्त सदस्य सचिव सिलवालले तोकिएकै समयमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न गर्ने विश्वासका साथ आफूलाई प्रधानमन्त्री तथा खेलकुद मन्त्रीले सदस्य सचिवको जिम्मेवारी दिने विश्वास गरेको भन्दै धन्यवाद समेत व्यक्त गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राखेपको सदस्य सचिव रोज्ने कि अरु भनी ‘अप्सन’ समेत दिएको स्मरण गर्दै सदस्य सचिव सिलवालले भने, ‘मलाई रिस्क मोल्ने बानी छ । १३ औं साग पनि चुनौतीपूर्ण अवस्थामा सम्पन्न गर्नु छ । साग सम्पन्न गरेसँगै मुलुकको शाख पनि उठाउनु छ ।’

केही गर्ने दृढ आत्मविश्वास व्यक्त गर्दै सिलवालले भने, ‘जीवनको दुई तिहाई अवधि सम्मानजनक ढंगले शीर ठाडो राख्ने गरी काम गरेको छु । अब एक तिहाईमा अझै सम्मानित ढंगले जीउन चाहन्छु । सफलता असफलता के कस्तो रहला भन्ने सञ्चार जगत् र नागरिक समाजले मूल्यांकन गर्ला तर, खुसी भन्ने कुरा त निजी हुन्छ । म त्यो खुसी सहित उचाइ लिन चाहन्छु ।’

जिम्मेवारी सम्हाले लगत्तै मन्त्रालयमा आयोजित सञ्चार साक्षात्कारमा नवनियुक्त सदस्य सचिव सिलवालले आफू जागिर खान नआएको भन्दै, देशको खेलकुद क्षेत्रमा केही गरेर देखाउने सपनाका साथ आफू आएको बताए ।

सम्बोधनको सुरुमा पत्रपत्रिका हेर्दा अरुले पहिलो पानादेखि हेर्ने तर आफूले भने सधै पछिल्लो पानादेखि हेर्ने गरेको बताउँदै भने, ‘किन पछिल्लो पेजबाट समाचार हेरेको त भनी तपाईहरु मूर्ख भन्नुहोला । तर, मैले पछिल्लो पानमा खेलकुदलाई नै हेर्ने गर्छु । किनकि म खेलकुदलाई माया गर्छु । यसबाट मुलुकको समृद्धिमा आयामिक योगदान गर्न सकिन्छ भन्ने पनि मलाई विश्वास छ ।’

जिन्दगीको धेरै समय शिक्षा तथा खेलकुदकै सेवामा बिताएको र अब बाँकी समय पनि कामएर नभई मुलुकमा केही गरेर देखाउने संकल्प बोकेर राखेप सदस्य सचिवको जिम्मेवारी लिएको उनको जिकिर छ ।

उनले भने, ‘म यहाँ जागिर खान आएको हैन भन्ने यहाँहरुलाई सबैलाई थाहै छ । मलाई कुनै थप तलब वा सुविधा आवश्यक छैन । गाडी चढ्ने रहरले यहाँ आएको पनि हैन । किनकि, प्रधानमन्त्रीज्यू, खेलकुद मन्त्रीज्यूले जिम्मेवारी सुम्पने बताएपछि सो जिम्मेवारी बहन गरेको हुँ । केही गर्छ भन्ने उहाँहरुको विश्वसालाई मैले साकार पार्नु छ ।’

केही गर्ने दृढ आत्मविश्वास व्यक्त गर्दै सिलवालले भने, ‘जीवनको दुई तिहाई अवधि सम्मानजनक ढंगले शीर ठाडो राख्ने गरी काम गरेको छु । अब एक तिहाईमा अझै सम्मानित ढंगले जीउन चाहन्छु । सफलता असफलता के कस्तो रहला भन्ने सञ्चार जगत् र नागरिक समाजले मूल्यांकन गर्ला तर, खुसी भन्ने कुरा त निजी हुन्छ । म त्यो खुसी सहित उचाइ लिन चाहन्छु ।’

साग मुख्य चुनौती, बर्खा र चुनौतीसँगै क्यालेन्डर बनाए काम गर्नु छ

सदस्य सचिव सिलवालले यस अघि पनि तयारी नपुगेको भन्दै सागको मिति तीन पटक सरिसकेको सन्दर्भ कोट्याउँदै अब जसरी पनि साग सम्पन्न गर्ने चुनौती आफूले मोलेको बताए ।

चौथो पटक तोकिएको मिति आउन अब ४ महिना मात्र बाँकी छ । त्यस अघि बर्खा र दशैं तिहार जस्ता पर्वहरु छन् । तर, क्यालेन्डर बनाएर काम गरे मात्र सम्भव हुन्छ । नत्र कठिन छ । त्यसैले कृपया समय मागेर उद्घाटन र अन्तर्वार्ता भन्दा पनि मेरा लागि आसन्न साग जसरी पनि सम्पन्न गर्नु छ ।’

गोल्डेन गेट जस्तो चर्चित कलेजका सिइओ समेत रहेका सिलवाललाई प्रधानमन्त्री ओलीले नै अघि सारेका हुन् । प्रधानमन्त्री निकट र विश्वास पात्र समेत रहेका सिलवाल बहन गरेको जिम्मेवारी सम्पन्न गर्ने सफल व्यक्तिका रुपमा चिनिन्छन् ।

प्रधानमन्त्रीको प्रस्तावलाई बहन गर्दै राखेप अध्यक्ष तथा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सिलवाललाई राखेप सदस्य सचिव नियुक्त गरेका थिए । 
उनले आफूलाई अन्यत्र समय खर्च गर्ने अवधि नै नरहेको भन्दै कुरा भन्दा पनि छोटै समयमा काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सदस्य सचिवका रुपमा सिलवालको सपथ समारोहका ३ पोजः अर्जुन दृष्टि १३ औं सागमा
स्वच्छ र पारदर्शी रुपमा काम गरेर राखेपको इतिहासमा यस अवधिलाई स्वर्णीम बनाउने प्रतिबद्धता व्यक्त गर्दै सदस्य सचिव सिलवालले भने, ‘हनिमुन पिरियडमै भित्र रिजल्ट निकाल्ने गरी काम गर्ने छु । स्वच्छ र पारदर्शी काम गर्ने मेरो प्रतिबद्धता जाहेर गर्दछु । यो कामका लागि सबैको सहयोगको अपेक्षा पनि गर्दछु ।’

यस अघि केशव बिष्टको ४ बर्षे कार्यकाल असार ९ गते सकिएपछि सरकारले सिलवाललाई  खेलकुदको कार्यकारी पदको जिम्मेवारी दिएको हो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले उनलाई खेलकुदको नेतृत्व गर्ने जिम्मेवारी सहित सदस्य सचिवको पदमा प्रस्ताव गरेका हुन् । 

नेपालको शिक्षा क्षेत्रमा उच्च ख्याती कमाएका सिलवाल नीजि विद्यालयहरुको छाता संगठन हिसानका अध्यक्ष समेत रहेका छन् । यस अघि उनले मदन भण्डारी स्पोर्ट्स फाउन्डेसनका संस्थापक अध्यक्षका रुपमा समेत भूमिका खेलेका थिए ।

नेपालका टप–ट्वान्टी कलेजहरुमा उत्कृष्ट स्थान बनाउन समेत सफल गोल्डेन गेट कलेजका सिइओ समेत रहेका सिलवालले आइसिसीले निलम्बन गर्नु अघि राखेपद्वारा गठित नेपाल क्रिकेट संघ (क्यान) तदर्थ समितिको संयोजकको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गरेका थिए ।

सपथ समारोहमा राखेपका निवर्तमान सदस्यसचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिना तथा विभिन्न खेलकुद संघका पदाधिकारीहरु सहभागी थिए ।

०००

पढौं यो पनि

केही तस्वीर

 

To See front Face Coverage, Click here



प्रकाशित: २०७६ आषाढ २३
July 8th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार