
विषादी प्रकरण तरंगः एपिसेन्टरमा प्रधानमन्त्री ओली ! दूतावासको पत्रबारे गुमराहमा राख्ने...लाई कारबाही गरिने
निर्माण सञ्चार, बिहीबार, २६ असार, काठमाडौं । भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूल विषादी परीक्षण प्रकरणको तरंग यतिबेला नेपाली राजनीतिको चुरोमा छ ।
सबैभन्दा बढी पेचिलो बनेको यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली आफै ‘एपिसेन्टर’मा परेका छन् ।
भारतबाट भित्रिने उपभोग्य तरकारी र फलफूलहरु सीमा नाकामा परीक्षण नगर्न भरतीय दूतावासले लेखेको पत्रबारे आफूलाई गुमराहमा ‘राख्ने’लाई कारबाही गर्ने प्रधानमन्त्री ओलीले चेतावनी दिएका छन् ।
कसलाई कारबाही गर्ने भन्ने नखुलाए पनि प्रम ओलीले उक्त पत्रप्रकरणको खोजीनिधिमा आफू लागेको बताएका हुन् ।
बिहीबार काठमाडौमा भएको ‘संविधानको कार्यान्वयन र प्रशासनिक पुनर्संरचना’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रम ओलीले विषादी परीक्षण नगर्न भारतीय दूतावासको पत्रलाई संकेत गर्दै भने, ‘दूतावासको पत्र आएको रहेछ । मलाई केही जानकारी भएन, दिइएन ।’
उनले अघि भने, ‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ । विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुपर्यो । यसप्रति म क्षमाप्रार्थी छु ।’
प्रधानमन्त्री ओलीले पत्र आएकै कुरो आफूलाई थाहा नहुँदा आफूलाई ‘झूट’ बनाउनेहरुले खेलेको आशंका व्यक्त गरेका थिए । उनका अनुसार पत्रबारे थाहा नभएपछि आफूले सत्य कुरा गर्दा पनि ‘झूट’ भएको देखिदा झनै दुख लागेको बताए ।
००
मन्त्रिपरिषद् वैठकबाटै भारतीय तरकारी तथा फलफूल विषादी परीक्षण रोक्ने निर्णय गरे लगत्तै सरकारको कदम आलोचनको एपिसेन्टरमा परेको थियो । बुधबार मात्रै सर्वाेच्च अदालतले उक्त विषादी परीक्षण रोक्नेबारे सरकारले गरेको निर्णय कार्यान्वयन नगर्न भन्दै सरकारको नाउँमा कारण देखाऊ आदेश दिएको छ । सर्वाेच्चको आदेश पछि प्रधानमन्त्री ओली यसले झनै बढी गम्भीर भएको देखिएका छन् । बिहीबार साँझ नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले पत्राचारबारे आफू भ्रममा रहेको समेत खुलाएका थिए । उनले भनेका थिए, ‘मलाई पछि मात्र थाहा भयो र त्यससम्बन्धमा भारतले कूटनीतिक प्रयासहरू र विभिन्न ठाउँमा संवादहरू अघि बढाएको रहेछ । त्यो कुराबाट पनि मलाई अनभिज्ञ नै राखियो ।’
००
नेपालका लागि भारतीय दूतावासले पत्राचारै गरेर भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्नेबारे दिइएको दबाब बेलैमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी नहुँदा आफूलाई ब्युरोक्रेसीले ‘गुमराह’मा राखेको उनको गुनासो छ । उक्त पत्राचारबारे खुलासा हुँदा पनि प्रधानमन्त्री ओलीले ‘कसले पठायो पत्र ? खै कसले पायो ?’ भन्दै थाह नभएको प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्री यस्तो बताएको २ दिनपछि दूतावासको पत्र सार्वजनिक भएको थियो । भारतीय दूतावासको उक्त पत्र परराष्ट्रमन्त्रालय हुँदै वाणिजय मन्त्रालय पुगेको थियो । तर, जब सञ्चार माध्यमबाटै दूतावासको दुई पन्ने पत्र बाहिरियो, त्यसपछि प्रधानमन्त्री कार्यालयमा भूकम्प गएको थियो । लगत्तै भोलिपल्ट बिहानै प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक वैठक राखेका थिए । बिहीबारको उक्त कार्यक्रममा भने प्रम ओलीले ब्युरोक्रेसी प्रति संकेत गर्दै कटाक्ष गरे, ‘पत्र आएर पनि मलाई झूट बोल्न लगाइयो । भुलचुक र नियतबस के हो ? त्यो म बुझ्दैछुु । खोज्दैछु । त्यसपछि के गर्नुपर्ने हो गर्न तयार छु ।’
सरकारलाई संघीयताविरोधी भनेर भ्रम फैलाइएकोमा आपत्ति जनाउँदै प्रम ओलीले भने, ‘हामी संघीयता कार्यान्वयनको सवालमा छौँ । सरकार संघीयता कार्यान्वयनमा दृढ संकल्पित छ । शंका गनुैपर्दैन ।’ सरकार र संघीयता प्रति बाहिरी हल्ला र भ्रममा नपर्न प्रधानमन्त्रीले अपिल गरेका छन् ।
दोस्रो थियो, निर्मला हत्या प्रकरणदेखि पछिल्ला दिनमा विभिन्न ऐन कानुनमा जनता आक्रोसमा आएपछि सरकार ‘डिफेन्सिभ’ भयो, ती कुरालाई लिएर प्रम ओलीले सत्यतथ्य भन्दा बाहिर आफू रहेको स्वीकारोक्ति । ती घटनाहरुमा पनि प्रम ओलीले आफूलाई ‘मिसइन्फर्म’ भएको बताएका थिए । तेस्रो, भारतीय तरकारीमा विषादी परीक्षणको हालको मुद्दा । यसमा पनि प्रधानमन्त्री ओलीले आफूलाई गुमराहमा राखिएको भन्दै सार्वजनिक रुपमै माफी मागेको अवस्था छ । सिंगो ब्युरोक्रेसी यो हदसम्म सरकार वा सरकार सञ्चालन प्रमुख प्रधानमन्त्रीलाई नै यसरी गुमराहमा राख्छ भने नेपालको ब्युरोक्रेसी कसले सञ्चालन गरेको हो भन्ने स्वाभाविक बहस यसले सिर्जना गरेको छ ।
मुलुकको यो अवस्था ज्यादै नै गम्भीर र दूर्भाग्यपूर्ण अवस्था हो ! जुन कुरा प्रधानमन्त्रीकै भनाइ र ब्युरोक्रेसीको आगामी गराइले पुष्टि त गर्ला नै, तर अर्काे सत्य के पनि हो भने, प्रधानमन्त्रीलाई सूचना दिने संयन्त्र र उनले आफू निकट राखेका किचेन क्याबिनेट (सूचना फर्मायस) गर्नेहरुबाट पनि प्रधानमन्त्री विभिन्न घटनामा ‘मिस इन्फर्म्ड’ बनाइएका थिए । यसको ज्वलन्त घटना थियो, सुदूरपश्चिमको निर्मला हत्या प्रकरण । जहाँ पीडितको लास घरमा पुराइएको थिएन, प्रधानमन्त्रीले सार्वजनिक रुपमै लास घरमा पुराइएको भनी अभिव्यक्ति दिएका थिए । उनलाई आफू निकटस्थहरु जो सुदूरपश्चिमको राजनीतिमा छन्, ले यस्तो गलत सूचना प्रवाह गरेका थिए ।
००० पढौं यो पनि
सरकारलाई झड्काः विषादी परीक्षणबारे सर्वोच्चको आदेश– ‘विषादी परीक्षण रोक्ने निर्णय कार्यान्वयन नगर्नू’ To see front face coverage, click here
प्रकाशित: २०७६ आषाढ २६
मन्त्रिपरिषद् वैठकबाटै भारतीय तरकारी तथा फलफूल विषादी परीक्षण रोक्ने निर्णय गरे लगत्तै सरकारको कदम आलोचनको एपिसेन्टरमा परेको थियो । बुधबार मात्रै सर्वाेच्च अदालतले उक्त विषादी परीक्षण रोक्नेबारे सरकारले गरेको निर्णय कार्यान्वयन नगर्न भन्दै सरकारको नाउँमा कारण देखाऊ आदेश दिएको छ । सर्वाेच्चको आदेश पछि प्रधानमन्त्री ओली यसले झनै बढी गम्भीर भएको देखिएका छन् । बिहीबार साँझ नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले पत्राचारबारे आफू भ्रममा रहेको समेत खुलाएका थिए । उनले भनेका थिए, ‘मलाई पछि मात्र थाहा भयो र त्यससम्बन्धमा भारतले कूटनीतिक प्रयासहरू र विभिन्न ठाउँमा संवादहरू अघि बढाएको रहेछ । त्यो कुराबाट पनि मलाई अनभिज्ञ नै राखियो ।’
००
नेपालका लागि भारतीय दूतावासले पत्राचारै गरेर भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्नेबारे दिइएको दबाब बेलैमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी नहुँदा आफूलाई ब्युरोक्रेसीले ‘गुमराह’मा राखेको उनको गुनासो छ । उक्त पत्राचारबारे खुलासा हुँदा पनि प्रधानमन्त्री ओलीले ‘कसले पठायो पत्र ? खै कसले पायो ?’ भन्दै थाह नभएको प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्री यस्तो बताएको २ दिनपछि दूतावासको पत्र सार्वजनिक भएको थियो । भारतीय दूतावासको उक्त पत्र परराष्ट्रमन्त्रालय हुँदै वाणिजय मन्त्रालय पुगेको थियो । तर, जब सञ्चार माध्यमबाटै दूतावासको दुई पन्ने पत्र बाहिरियो, त्यसपछि प्रधानमन्त्री कार्यालयमा भूकम्प गएको थियो । लगत्तै भोलिपल्ट बिहानै प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक वैठक राखेका थिए । बिहीबारको उक्त कार्यक्रममा भने प्रम ओलीले ब्युरोक्रेसी प्रति संकेत गर्दै कटाक्ष गरे, ‘पत्र आएर पनि मलाई झूट बोल्न लगाइयो । भुलचुक र नियतबस के हो ? त्यो म बुझ्दैछुु । खोज्दैछु । त्यसपछि के गर्नुपर्ने हो गर्न तयार छु ।’
संघीयता विरोधी भनी भ्रम फिँजाइए प्रति प्रमको दुख व्यक्त
सोही कार्यक्रममा प्रम ओलीले अर्काे असन्तुष्टि पनि व्यक्त गरेका छन् ।सरकारलाई संघीयताविरोधी भनेर भ्रम फैलाइएकोमा आपत्ति जनाउँदै प्रम ओलीले भने, ‘हामी संघीयता कार्यान्वयनको सवालमा छौँ । सरकार संघीयता कार्यान्वयनमा दृढ संकल्पित छ । शंका गनुैपर्दैन ।’ सरकार र संघीयता प्रति बाहिरी हल्ला र भ्रममा नपर्न प्रधानमन्त्रीले अपिल गरेका छन् ।
गम्भीर छः गलत सूचना र गुमराहको कथनी र करणी !
रोचक कुरा के छ भन्ने पछिल्ला केही महिनादेखि प्रधानमन्त्री ओलीले कम्तीमा ३ वटा कुरामा आफूलाई ‘गुमराह’ मा राखिएको बताएका छन् । पहिलो थियो मेलम्ची खाने पानीका विदेशी निर्माण कम्पनी सिएमसी नभाग्दै पानी आउनेबारे दिइएको सूचनामा कर्मचारीतन्त्रबाट राखिएको गुमराहको स्वीकारोक्ति ।दोस्रो थियो, निर्मला हत्या प्रकरणदेखि पछिल्ला दिनमा विभिन्न ऐन कानुनमा जनता आक्रोसमा आएपछि सरकार ‘डिफेन्सिभ’ भयो, ती कुरालाई लिएर प्रम ओलीले सत्यतथ्य भन्दा बाहिर आफू रहेको स्वीकारोक्ति । ती घटनाहरुमा पनि प्रम ओलीले आफूलाई ‘मिसइन्फर्म’ भएको बताएका थिए । तेस्रो, भारतीय तरकारीमा विषादी परीक्षणको हालको मुद्दा । यसमा पनि प्रधानमन्त्री ओलीले आफूलाई गुमराहमा राखिएको भन्दै सार्वजनिक रुपमै माफी मागेको अवस्था छ । सिंगो ब्युरोक्रेसी यो हदसम्म सरकार वा सरकार सञ्चालन प्रमुख प्रधानमन्त्रीलाई नै यसरी गुमराहमा राख्छ भने नेपालको ब्युरोक्रेसी कसले सञ्चालन गरेको हो भन्ने स्वाभाविक बहस यसले सिर्जना गरेको छ ।
मुलुकको यो अवस्था ज्यादै नै गम्भीर र दूर्भाग्यपूर्ण अवस्था हो ! जुन कुरा प्रधानमन्त्रीकै भनाइ र ब्युरोक्रेसीको आगामी गराइले पुष्टि त गर्ला नै, तर अर्काे सत्य के पनि हो भने, प्रधानमन्त्रीलाई सूचना दिने संयन्त्र र उनले आफू निकट राखेका किचेन क्याबिनेट (सूचना फर्मायस) गर्नेहरुबाट पनि प्रधानमन्त्री विभिन्न घटनामा ‘मिस इन्फर्म्ड’ बनाइएका थिए । यसको ज्वलन्त घटना थियो, सुदूरपश्चिमको निर्मला हत्या प्रकरण । जहाँ पीडितको लास घरमा पुराइएको थिएन, प्रधानमन्त्रीले सार्वजनिक रुपमै लास घरमा पुराइएको भनी अभिव्यक्ति दिएका थिए । उनलाई आफू निकटस्थहरु जो सुदूरपश्चिमको राजनीतिमा छन्, ले यस्तो गलत सूचना प्रवाह गरेका थिए ।
००० पढौं यो पनि
सरकारलाई झड्काः विषादी परीक्षणबारे सर्वोच्चको आदेश– ‘विषादी परीक्षण रोक्ने निर्णय कार्यान्वयन नगर्नू’ To see front face coverage, click here
प्रकाशित: २०७६ आषाढ २६
July 11th 2019
प्रतिक्रिया दिनुहोस्