४०औं विश्व पर्यटन दिवसमा पर्यटनमन्त्रीले दिए पर्यटन पूर्वाधार विकासद्वारा समृद्धिमा जोड
निर्माण सञ्चार, १० असोज, ०७६, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ४०औं विश्व पर्यटन दिवसका अवसरमा शुभकामना मन्तव्य दिएका छन् ।
हालैमात्र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४० औं महासभामा सहभागी भइरहँदा नेपाल भ्रमण वर्ष २०२० मा सहभागी हुन अन्तराष्ट्रिय पाहुनाहरुलाई समेत निम्तो दिन पुगेका मन्त्री भट्टराईले विश्व पर्यटन दिवसका अवसमा मुलुकको भौगोलिक र कला, सांस्कृति सौन्दर्यको पाटोलाई जोड दिदै आर्थिक समृद्धिमा जोड दिएका छन् ।
पर्यटनका लागि पूर्वाधारमा समेत विकासको अपेक्षा मन्त्री भट्टराईले राखेका छन् ।
यो वर्षको विश्व पर्यटन दिवसको नारा ‘पर्यटन र कर्मः सबैका लागि सुन्दर भविष्य’ भन्ने रहको छ । यसलाई साकार पार्ने दिशामा सबै नेपाली आआफ्नो क्षेत्रबाट लाग्नु पर्ने मन्त्री भट्टराईको जोड छ ।
आफ्नो शुभकामना मन्तव्यमा मन्त्री भट्टराईले भनेका छन्, ‘विशिष्ट प्राकृतिक भुबनोट, संस्कृति तथा सम्पदाको विविधताको कारण नेपाललाई पर्यटन क्षेत्रमा तुलनात्मक लाभ प्राप्त छ। संसारमै प्रशंसित नेपाली सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्न प्रविधि तथा सृजनात्मक सोचको महत्तम उपयोग गरी विश्व पर्यटन बजारमा स्थापित आकर्षक गन्तव्यको छविलाई थप परिष्कृत गर्नु हाम्रो जिम्मेवारी भित्र रहेको छ।’
यसै सन्दर्भमा विश्व पर्यटन दिवस सेप्टेम्वर २७ लाई भव्यताका साथ मनाउन समय सापेक्ष कार्यक्रम र जागरण अभियानहरू सञ्चालन गरी तीनै तहका सरकार, निजी क्षेत्र र सम्बद्ध समुदायका बीचमा सहकार्य र अन्तर्निर्भरता रहेको पाउँदा खुशी महशुश भएको उनले भनेका छन् ।
मन्त्री भट्टराईले अघि लेखेका छन्, ‘यस बर्षको विश्व पर्यटन दिवसको नारा Tourism and Jobs: A Better Future For All लाई सार्थक बनाई राष्ट्रिय परिवेशमा रूपान्तरण गर्न पर्यटन क्षेत्रमा संलग्न जनशक्तिको दक्षता, कौशल, ज्ञान तथा आचरण सम्बन्धी क्षमता विकास गर्ने, यस क्षेत्रमा योग्यतम र गुणवान नयाँ जनशक्तिलाई आकर्षित गर्न आवश्यक देखिन्छ ।
रोजगारी तथा वैदेशिक मुद्रा आम्दानीको दीगो र उल्लेखनीय स्रोतको रूपमा समग्र पर्यटन व्यवसायलाई प्रोत्साहन गर्ने वातावरण निर्माणमा नेपाल सरकार प्रतिवद्ध रहेको छ ।
प्रकाशित: २०७६ आश्विन १०
नेपाल भ्रमण वर्ष ०२० बारे
- हरेक वर्ष कम्तीमा वार्षिक बीस लाख विदेशी पर्यटक नेपाल भित्राउने मूल लक्ष्य सहित नेपाल भ्रमण वर्ष २०२० अभियान अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यवसायिक प्रवर्धन कार्यक्रमका साथै देशभित्र सबै क्षेत्रको सहकार्यमा पर्यटक मैत्री वातावरणलाई थप प्रोत्साहन हुने कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।
- नेपालमा पर्यटकीय गतिबिधि, उपज एवं सेवा प्रवाह कार्यमा साझेदारीका संयन्त्रलाई चुस्त, लचिलो र व्यापक बनाउन आवश्यक देख्दछु। पर्यटन क्षेत्रको बहुआयामिक विकासका लागि सरकारबाट शुरु गरिएका अभियानमा सधैंझै सम्बद्ध सबै क्षेत्रबाट पुर्ण सहयोग, सहकार्य र साथको अपेक्षा गर्दछु।
- नेपाल सरकारले पर्यटनका नविनतम गन्तव्यहरुको पहिचान, पूर्वाधार बिकासका साथै स्थापित गन्तव्यहरूको संरक्षण र प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन गरिरहेकोछ।
- आगामी दिनमा जनता एवं सरोकार समुदायका सुझाव एवं विज्ञहरूको अध्ययन तथा सिफारिसका आधारमा नवप्रवर्धन र विकास सम्बन्धी योजना र कार्यक्रमहरूलाई तिब्रता दिइने प्रतिवद्धता प्रकट गर्दछु ।
- पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिष्ठान सञ्चालन, आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण एवं स्तरोन्नती, क्षतिग्रस्त सम्पदाहरुको नव पुनःनिर्माण, राष्ट्रिय ध्वजाबाहकको रूपान्तरण गर्दै पहुँच र क्षमता विस्तार र समग्रमा पर्यटकको नेपाल बसाईलाई सुखद बनाउन आवश्यक पर्ने पूर्वाधार, सुरक्षा र आतिथ्यता सम्बन्धी कार्यक्रमहरू प्राथमिकताका साथ सञ्चालन गरीने विश्वास दिलाउन चाहन्छु।’
प्रकाशित: २०७६ आश्विन १०
September 27th 2019
प्रतिक्रिया दिनुहोस्