निर्माण सञ्चार, १० असोज, काठमाडौं । ४०औं विश्व पर्यटन दिवसका अवसरमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) को क्रियाशीलतामा तीनवटा नयाँ पर्यटकीय गन्तव्य घोषणा गरिएको छ ।
शुक्रबार एक विशेष कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनु बहादुर बूढाले उक्त तीन नयाँ गन्तव्यको घोषणा गरेका हुन् । भिटोफ प्रथम उपाध्यक्ष दिपक दाहालले दिएको जानकारी अनुसार धादिङको रुबीभ्याली गाउँपालिकामा रहेको ‘चालिस’ गाउँ यस पटकको नयाँ गन्तव्य मध्येको एक रहेको छ ।
पर्यटन गन्तव्यको रूपमा कालिञ्चोक दर्शन प्रालि र बढी रोजगारी सिर्जना गरेकोमा सोल्टी होटेललाई सम्मान गरिएको छ
त्यस्तै, नयाँ गन्तव्यमा बागलुङको काठेखोला गाउँपालिकास्थित फापरखेत र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित धुन्सा रहेका छन् ।
दाहाल अनुसार घोषित गन्तव्यलाई वर्षभर विविध पर्यटकीय गतिविधि गरेर हाइलाइट गरिने छ । यी गन्तव्यहरु विशेष अध्ययन पछि घोषणा गरिएको भिटोफले जानकारी दियो ।
सो अवसरमा पर्यटन राज्यमन्त्री बुढाले उत्कृष्ट गाउँ पर्यटन व्यवसायी र ती गन्तव्यका प्रतिनिधिलाई नयाँ गन्तव्यको प्रमाणपत्र समेत दिएका छन् ।
कुन कुन हुन् त नयाँ गन्तव्य ?
चालिस (रुबीभ्याली गाउँपालिका) धादिङ
फापरखेत (काठेखोला गाउँपालिका) बागलुङ
धुन्सा (फक्ताङलुङ गाउँपालिका) ताप्लेजुङ
शुक्रबार मनाइँदै गरेको विश्व पर्यटन दिवसको नारा ‘टुरिज्म एण्ड जबः ए बेटर फूचर फर अल’ भन्ने नारासहित विश्वभर मनाइएको छ ।
यस अवसरमा नेपालमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय, निजी क्षेत्रका विभिन्न प्रतिनिधिमुलक संघ–संस्थाको सहभागितामा शुक्रबार विशेष कार्यक्रम आयोजना गरिएको छ ।
नाका प्रवेशमा विशेष छुट
पर्यटन दिवसको अवसरमा विभिन्न नाकाबाट प्रवेश गरेका पर्यटकलाई स्वागत गर्ने तथा होटेल र रिसोर्टहरुमा छूट सुविधा दिने गरिन्छ । मन्त्रालयले रोजगारी तथा वैदेशिक मुद्रा आम्दानीको दिगो र उल्लेखनीय स्रोतका रुपमा पर्यटन व्यवसायलाई प्रोत्साहन गर्ने नीति अनुसार यस्तो गरिएको मन्त्रालय स्रोतले बतायो ।
विश्व पर्यटन दिवसमा उत्कृष्ट पर्यटन करदाता बन्यो बुद्ध एअरः सम्मानित
यही अवसरमा विश्व पर्यटन दिवस मूल समारोह समितिले पर्यटन क्षेत्रमा उल्लेख्य रूपमा काम गरेका विभिन्न सङ्घ–संस्थाहरूलाई पुरस्कार दिएको छ ।
निजी क्षेत्रबाट आर्थिक वर्ष २०७५–०७६ मा सबैभन्दा धेरै राजश्व सरकारलाई बुझाउनेमा बुद्ध एयर परेको छ । बुद्धले गएको वर्षमा कुल ५८ करोड ६७ लाख ५६ हजार ९ सय ४४ रुपियाँ राजस्व बुझाएको थियो ।
यसैगरी, सबैभन्दा बढी विदेशी पर्यटक भित्र्याउने एयरलाइन्सको रूपमा कतार एयरलाइन्स सम्मानित भएको छ । गत आवमा कतारले ३ लाख ९९ हजार ३३६ विदेशी पर्यटक नेपाल भित्र्याएको थियो ।
त्यसैगरी, सबैभन्दा धेरै विदेशी मुद्रा आर्जन गरेको भन्दै फ्लाइट कनेक्सन डोमेस्टिक प्रालिलाई पनि सम्मान गरिएको छ ।
फ्लाइट कनेक्सनले कुल ९४ लाख ५३ हजार २ सय ८३ डलर आर्जन गरेको थियो ।
त्यसैगरी, पर्यटन गन्तव्यको रूपमा कालिञ्चोक दर्शन प्रालि र बढी रोजगारी सिर्जना गरेकोमा सोल्टी होटेललाई सम्मान गरिएको छ ।
त्यस्तै, निजी क्षेत्रबाटै अपाङ्गता भएका व्यक्तिलाई सक्षम बनाई रोजगारी दिएको भन्दै द बेकरी क्याफेलाई पनि सम्मान गरिएको छ ।
त्यसै गरी सामाजिक उत्तरदायित्व अन्तर्गत फिस्टेल एयर, पर्वतारोहण तर्फबाट सेभेन समिट ट्रे्क्स प्रालिलाई समान गरिएको छ ।
सेभेन समिट ट्रे्क्सले यस वर्ष विभिन्न हिमाल आरोहणमा २५ समूहका २ सय ६३ आरोहीबाट ९ लाख ३० हजार अमेरिकी डलर अर्थात् १० करोड ५० लाख ९० हजार रुपियाँ राजस्व बुझाएको थियो ।
तस्वीरमा पर्यटन दिवसकालिञ्चोक दर्शन प्रालि वर्षकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा सम्मानित हुँदैपर्यटन दिवसका अवसरमा भिटोफद्वारा निकालिएको फेरी
०००
पढौं यो पनि
प्रतिक्रिया दिनुहोस्