‘चीन–नेपाल सम्बन्ध सागर जस्तै गहिरो’ राष्ट्रपति भण्डारीले भनिन्, ‘केरुङ–काठमाडौं–लुम्बिनी रेल–वे जोडिएको हेर्न चाहन्छौं’
निर्माण सञ्चार, २५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चीन समक्ष रेले–वे सेवालाई जोड दिएकी छन् ।
चिनियाँ समकक्षी सी जिनपिङको स्वागतार्थ आयोजित रात्रिभोज सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको देख्न चाहेको बताएकी हुन् ।
सीको सम्मानमा शनिबार आयोजित रात्रीभोजलाई सम्बोधन गर्दै भण्डारीले नेपाली जनताको चाहना छिट्टै पूरा हुने आशासमेत व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालमा चिनियाँ लगानीको आग्रह गर्दै उक्त सम्बोधनमा नेपाल र चीनबीचको सम्बन्ध समुद्रजस्तै गहिरो र सगरमाथा जस्तै उँचो रहेको समेत बताइन् ।
आफ्नो सम्बोधनमा राष्ट्रपति भण्डारीले एक चीन नीतिप्रति नेपालको प्रतिवद्धता दोहोर्याएकी छिन् । राष्ट्रपति भण्डारीले बुद्धको जन्मभूमि लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउने प्रयासमा चीनको महत्वपूर्ण सहयोगको अपेक्षा गरेकी छन् ।
००० पढौं यो पनि शीतल निवासमा दुई राष्ट्रपतिबीच भयो भेटवार्ता
प्रकाशित: २०७६ आश्विन २५

October 12th 2019
प्रतिक्रिया दिनुहोस्