सीको नेपाल सम्बोधनः ‘नेपाललाई भूजडित देश बनाउन सहयोग गर्ने’देखि ‘हिमालय सीमापार रेलको सम्भाव्यता अध्ययन गर्ने घोषणा’सम्म
निर्माण सञ्चार, २५ असोज, काठमाडौं । दुई दिने राजकीय भ्रमणमा नेपाल आएको पहिलो दिन चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल विशेष सम्बोधन गर्दै नेपाललाई भूपरिवेष्ठित देशबाट विश्वमै जोडिने गरी भूजडित मुलुक बनाउन चीनले सक्दो सहयोग गर्ने घोषणा गरेका छन् ।
प्रकाशित: २०७६ आश्विन २५
- चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण विशेष
आधा दर्जन बढी पूर्वाधार तथा कनेक्टिभिटी योजनाबारे खोले सीले मुखः आइतबार के केमा हुँदै छ दुई पक्षीय हस्ताक्षर ?दोस्रो सम्बोधन क्रममा बोल्दै चिनियाँ समकमक्षी सीले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घा्षणा गरेका हुन् । उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन समेत चीनले सहयोग गर्ने बताएका छन् भने नेपालको समृद्धिमा चीन सहयोग हुने पनि बताएका छन् । साथै, राष्ट्रपति सीले रसुवागढी–छहरे–काठमाडौं सुरुङ मार्ग निर्माण गर्ने समेत बताएका छन् भने अरनिको राजमार्गको स्तरोन्नति गर्ने समेत घोषणा गरेका छन् । चीनले अघि सारेको बिआरआई कनेक्टिभिटीलाई समेत संकेत गर्दै सम्बोधन क्रममा राष्ट्रपति सीले भने, ‘मलाई आशा छ, दुई देशबीच सुविधाजनक कनेक्टिभिटी सञ्जाल निर्माण हुनेछ ।’ केरुङदेखि काठमाडौंसम्मको सुरुङमार्गलाई अघि बढाउन पनि चिनियाँ सरकार सक्रिय रहेको जानकारी सीले दिएका छन् भने राष्ट्रपति सीले नेपालसँगको बढीभन्दा बढी सीमा नाका खोल्न पनि चीन तयार रहेको बताएका छन् ।
भूकम्प पछिको पुनर्निर्माणबारे सीले बोले
उनले नेपालमा गएको भूकम्पपछिको पुनःनिर्माण कार्यलाई सक्रियताका अघि बढाउन साथ दिने, नेपालले अघि सारेको भिजन २०२० को अवसरमा चिनियाँ पर्यटकलाई नेपाल आउन उत्प्रेरित गर्ने जस्ता आश्वासन पनि दिए । ‘भूकम्प पश्चातको पुननिर्माण परियोजनाहरुलाई हामीले सक्रियताका साथ अगाडि बढाउने छौँ । सन् २०२० नेपाल भ्रमण वर्षको अवसरमा बढीभन्दा बढी चिनियाँ पर्यटकहरुलाई नेपालमा आउन उत्प्रेरित गर्नेछौँ’ उनले भने, ‘ हामी सांस्कृतिक क्षेत्रहरुमा लगानी बढाएर जनताबीचको सम्बन्धलाई अगाडि बढाउने छौँ । दुई देशका बढीभन्दा बढी सहरहरुलाई भगिनी सहरको सम्बन्ध स्थापना गर्न उत्प्रेरित गर्ने छौँ । जसबाट दुई देशबीचको मित्रताको बिज अंकुरण होस् भन्ने चाहन्छौँ ।’आइतबार को कोसँग हुँदैछ भेटवार्ता ?
भ्रमणको दोस्रो दिन आइतबार चिनियाँ राष्ट्रपति सी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बीच भेटवार्ता हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले आफ्नो प्रतिनिधिमण्डल सहित भेट गर्दै छन् । त्यही भेटवार्तामा दुई राष्ट्रका बीचमा औपचारिक सहमतिमा हस्ताक्षरको तयारी रहेको सरकारी अधिकारीहरु बताउँछन् । सम्बोधन क्रममा चिनियाँ राष्ट्रपति सीले नेपाल र चीन सम्बन्धमा कुनै समस्या नरहेको समेत बताएका छन् । उनले नेपाल र चीनबीचका मित्रताका आयामहरुबारे समेत चर्चा गरेका थिए । नेपाल आउँदा पुराना तथा नयाँ साथीहरुसँग भेट भएको उनले सुनाए । उनले दुई देशबीच अझै घनिष्ठ राजनीतिक सम्बन्ध हुने पनि बताए । उनले भने, ‘मलाई आशा छ, दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछन् ।’ उनले सुनाए, ‘हामीले बनाएको योजना पूरा गरौं, चीनमा पनि हामीले यस्तै गर्दै आएका छौं ।’ उनले आफू नेपाली नेताहरुसँग मिलेर दुई देशको सम्बन्धको नयाँ खाका कोर्ने तयार रहेको बताए । उनले राष्ट्रपति भण्डारीसँग नेपालको विकास तथा समृद्धिका लागि सहकार्य गर्ने सहमति भएको समेत जानकारी दिए । सम्बोधनको अन्त्यतिर राष्ट्रपति सीले नेपालले जलवायु परिवर्तनबारे लिएको चासोको समर्थन गर्ने बताए । उनले हिमालय क्षेत्रको रक्षार्थ चीनले सक्तो सहयोग गर्ने समेत बोलेका छन् । ००० पढौं यी पनि- शीतल निवासमा दुई राष्ट्रपतिबीच भयो भेटवार्ता
- ‘चीन–नेपाल सम्बन्ध सागर जस्तै गहिरो’ राष्ट्रपति भण्डारीले भनिन्, ‘केरुङ–काठमाडौं–लुम्बिनी रेल–वे जोडिएको हेर्न चाहन्छौं’
प्रकाशित: २०७६ आश्विन २५
October 12th 2019
प्रतिक्रिया दिनुहोस्