नवराज रोस्यारा नै किन ? भन्छन्, ‘मेरो उमेदवारी एनआरएनएमा इन्टिग्रेसनको मुद्दा स्थापित गर्न’
निर्माण सञ्चार, २९ असोज, काठमाडौं । विद्यार्थी अवस्थादेखि नै समाज सेवामा होमिएको एउटा कर्मठ युवा जोस र होसको पर्याय हो नवराज रोस्यारा ।
यतिबेला गैर आवासीय नेपालीहरुको अन्तर्राष्ट्रिय संस्था एनआरएनए आफ्नो ९ औं विश्व सम्मेलनको अन्तिम सँघारमा जुटिरहेको छ । काठमाडौंको होटेल ह्यातमा सम्मेलनमा जुटेको एनआरएनएको भावी नेतृत्वका लागि होनहार युवाहरु जुटेका छन् ।
ती युवाहरु मध्ये फरक हो नवराज रोस्यारा ।
‘म, मेरो एनआरएनए, र मेरो नेपाल’ भन्ने नारा अघि सार्दै मैदानमा उत्रिएको रोस्यारा हाल युरोप सह–संयोजकका लागि उम्मेदवारी दिएका छन् । यस अघि कुशलतापूर्वक जर्मनी अध्यक्षका रुपमा भूमिका खेल्न सकेका छन् ।
प्रकाशित: २०७६ आश्विन २९
‘रोस्याराकै उम्मेदवारी नै किन ?’ भन्ने प्रश्नमा निर्माण मिडियाको साक्षात्कारमा उनी यसरी प्रस्तुत भएः
किनकि, बजारका तमाम हल्ला धुलिसात गर्दै एनआरएनको स्थापनाको उद्देश्यलाई मुलुकको माया र विदेशी भूमिमा पसिना बगाइरहेकाहरु बीच सेतुको भूमिका निर्वाह गर्न हो । उनले आफ्नो पृष्ठभूमिबारे भने, ‘मेरो जन्म नेपालको बिकट जिल्ला डोटीमा भएको हो । मेरो प्रारम्भिक र माध्यमिक तह सम्म्को शिक्षा डोटी जिल्ला मै भएको थियो। त्यसपछी मैले आइएससी कंचनपुर महेन्द्रनगरबाट गरी बिएससी अमृत साइन्स क्याम्पस काठमाडौं मा पढेँ । त्यस पछि उच्च शिक्षा मास्टर र पिएचडी अध्ययनको लागि जर्मनी पुगेको हुँ।विदेश बसाइ र समाज सेवाबारे उनले भनेः
जर्मनीमा म २००२ सालमा आएको थिएँ । मैले म्याथमेटिक्समा एमएससी गरे । पिएचडी चाँही बायो इन्फोर्म्याटिक्समा गरे। अहिले आइटी क्षेत्रमा काम गरी रहेको छु ।आफ्नो जीवनका उल्लेखनीय कुरा भन्दै उनीः
खास गरी विद्यार्थी हुँदै अस्कल क्याम्पसको स्ववियुमा सदस्य, सचिव र उप–सभापति बनेर मैले विद्यार्थीहरुको सेवा गरेको थिएँ । त्यही बाट मैले सामाजिक कार्यमा सकृय रहेर अरुलाई सक्दो सहयोग गर्ने भावनाको बिकास गरेको हुँं । त्यती बेला हामीले विद्यार्थी लाई ५० प्रतिशात डिस्काउन्ट दिनु पर्छ भनेर आन्दोलन गरेका थियौ । जसमा अस्कल क्याम्पसको ठुलो भूमिका थियो। त्यो आन्दोलन कुनै व्यक्ति वा समुह विशेष भन्दा पनि सबै विद्यार्थीहरुको थियो र पछि त्यो आन्दोलन ३३ प्रतिशतमा सहमतिमा पुगेको थियो । जर्मनी आएपछि भने मैले टुरिजम मार्फत् नेपालको सेवा गर्ने कामको निरन्तरता दिएँ । नेपालीलाई सहयोग गर्नु पर्छ भनेर धेरै पल्ट अभियान हरु चलाएको छु। म पश्चिममा जन्मिएको र हुर्किएकोले त्यही क्षेत्रमा धेरै कामहरु पनि गरेको छु । यो क्षेत्रको पर्यटनमा सघाउँदै आएको छु। हामीले पहिलो अफिसियल खप्तड–रारा ट्रेक्किङको आयोजना गर्यौ, त्यहाका थुप्रै स्थानीयहरु सँग मिलेर । त्यो भन्दा पहिले त्यस्तो किसमको अफिसियल ट्रेक्किङ थिएन खप्तड र रारा जोड्ने । हामीले अरु धेरै पटक सना ठुला पर्यटन ट्रेक्किङ गरेका छौ । जस्तो अपि–ट्रेक्किङ, बझाङ सैपाल ट्रेक्किङ । पर्यटन बाहेक मैले एनआरएन जर्मनीको सदस्य देखी अद्यक्ष सम्मका बिभिन्न पदमा काम गर्दै जादा बिभिन्न परोपकरी कामहरुको नेत्रित्व गरेको छु। सामुहिक नेत्रित्वमा विश्वाश गर्ने भएकोले मैले अरु थुप्रै एनआरएन अभियन्ता हरु सँग मिलेर काम गरेको छु। औ–पेयर र जर्मन आउन खोज्ने विद्यार्थीको लागि सुचना मुलक कार्यक्रम सन्चालन गर्यौ । काठमाडौंमा पनि अन्तर्कृया कार्यक्रम गर्यौ, नेपाल आएको बेला। यो कार्यक्रम निकै प्रभावकारी रह्यो। अरु एनआरएनका अभियान्ताहरुले जस्ताइ जर्मनीले पनि बिभिन्न क्षेत्रमा आर्थिक सहयोग गरेको छ र ति सबैमा मैले पनि अरु सँगै सहयोग गरेको छु। एनआरएन र राजनीतिकरणको हल्लालाई तपाई कसरी चिर्न चाहनुहुन्छ ? एकदमै राम्रो प्रश्न गर्नुभयो । यही गलत हल्लालाई म चिर्न चाहन्छु । किनकि, राजनीति व्यक्तिले विशेष अवस्थामा राख्ने अस्था हुन सक्छ वा भोट वा मतदानका बेलामा बेलेट बक्समा हाल्ने बेला उसले रोज्न सक्छ । यो नितान्त व्यक्गितग कुरा हो । तर, जहाँसम्म एनआरएनएको आजको विश्व सम्मेलनको कुरा र यसको भविष्य छ, यस हकमा राजनीति घुसाएर बदनियतबस हल्ला फिजाउनु गलत हो । एनआरएन स्थापना गर्दा हाम्रा अग्रजहरुले जुन सपना राख्नु भएको थियो, त्यो स्प्रिटलाई बोक्न नै मैले आफूलाई अघि सारेको छु । यो हल्लाका पछाडि दौडने काम नगर्न सबैलाई अपिल पनि गर्न चाहन्छु । एनआरएनमा पार्टीहरुको शक्ति प्रदर्शन गर्ने थालो कदापी बनाइनु हुँदैन। एनआरएनए सबै नेपालीहरुको भावना समेटेर बनेको नितान्त सामाजिक संस्था हो । यसमा होमिएका व्यक्तिको मूल्यांकन कुनै राजनीति र पार्टी वा पदिय हैसियतमा गरिनु हुँदैन। किनकि हामीलाई विश्व संस्था चाहिएको हो, न कि एउटा राजनीतिक दलको सीमित घेराबन्दी । फेरि अर्काे कुरा राजनीतिक दलमो आरोप प्रत्यारोपमा कसैलाई भेदभाव गर्ने छिछि र दुरदुर गर्ने हो भने हामी आजको विश्व संस्था कसरी हुनु सक्छौं ? हामी नेपालीहरु कुन दुखले विदेसिनु परेको हो त्यो सम्झन म निवेदन गर्छु । किनकि, हामी मुलुक र आफ्नो श्रमलाई माया गर्नेहरु हौं । हाम्रा लागि पार्टी भनेकै मुलुक र कर्मथलो भनेकै एनआरएनए हो भन्ने आदर्श स्थापित गरौं भन्ने मेरो नम्र आग्रह छ । सबैका दुख साझा हुन् । सबैको लक्ष्य एउटै हो । चुनावी तडक भडकमा लागेर यस्ता धमिलो पानीमा माछा मार्ने अभियान कसैले पनि नचलाउँ भन्ने मेरो आशय छ ।पेसाबारे उनले भने:
म अहिले आइटी स्पेपिसिलिस्टका रुपमा एउटा लिफ्ट बनाउने कम्पनीमा आइटी डिपार्टमेन्ट हेड को रुपमा काम गर्दछु। बिदेशमा बसेर नेपाल र नेपाली को पनि प्रमोशन गर्नु पर्छ भनेर नेपाली साथी भाइहरुसँग मिलेर नेपाली रेस्टुरेन्टहरु पर्टनरसिपमा चलाएका छौ।एनआरएनएको सदस्यताबारेः
म २००७ साल देखि एनआरएनए मा सलग्न भए पनि एनआरएनए को सदस्यता भने २००९ सालमा मात्र लिएको हो । त्यस यत निरन्तर सकृय छु ।कुन कुन साल कुन कुन पदमा काम गरे भन्नेबारेः
एनआरएनए जर्मनीको सदस्य २०११ देखि २०१३, २०१३–२०१५ मा उपाध्यक्ष, २०१५–२०१७ मा एनआरएनए जर्मनीको अद्यक्ष भएर काम गरेँ। आइसीसीका बिभिन्न टास्क फोर्सहरुमा पनि रहेर एनआरएनएको अभियानमा योगदान पुर्याएको छु। अध्यक्ष हुँदा मेरो कार्यकालमा युरोप छेत्रीय सम्मेलन जर्मनीमै भएको थियो र मैले जर्मनी आउनु भएका सबै पाहुनाहरुको सेवा गर्ने मौका पाएको थिए । उक्त सम्मेलनले मलाई युरोपका सबै प्रतीनिधीज्युहरु सँग नजिक बाट बुझेको छु । उहाँहरुलाई बुझ्ने मौका पाएको थिए। क्षेत्रीय सम्मेलनको आयोजना गर्नको लागि व्यवस्थापकीय नेतृत्व गरिसकेपछि नै युरोप स्तरीय सहायक भएर काम गर्ने अवसर दिन हुन म हार्दिक अनुरोध गर्दछु ।युरोप सह संयोजक पदबारेः
अहिले म युरोप सह संयोजक डि आरसी पदमा उम्मेदवारी दिएको छु । सबै साथीहरुको सलाह र सुझाबका आधारमा उम्मेदवारी दिएको हुँ । छलफलको आधारमा मात्र सामुहिक रुपमा हामी केही गर्न सक्छौ।इन्टिग्रेसनको मुद्दाबारेः
म युरोपमा उठ्नको पछाडि मेरो लक्ष्य छ। एनआरएनएको उद्देश्यमा इन्टिग्रेसनको मुद्दालाई स्थापित गर्ने । मैले अहिले एनआरएनहरुको इन्टिग्रेसनको मुद्दा लाई एनआरएनएले जोड दिदै बिदेशीहरुसँग सहकार्यको अवधारणालाई अगाडि ल्याउनु पर्दछ भनी रहेको छु। हाम्रा अग्रजहरुले एनआरएनएको संगठन निर्माण मा ठुलो योग्दान गरे । तर अबको नेतृत्वकर्ता साथीहरुले एनआरएनएलाई सही दिशा दिएर यस्को भविश्य सुनिश्चित गर्न सक्नु पर्दछ। हरेक देशमा त्यहाका नेटिभहरु सम्मिलित फ्रेन्डसिप काउन्सिल बनाएर बिदेशी हरु र नेपाली डायस्पोरा एनआरएनए बीच सहकार्य भए त्यस्ले नेपाली हरुको इन्टिग्रेसन पनि हुने, एनआरएनएको सम्मेलनमा नेपाल जादा विदेशीहरुको फ्रेन्डसिप काउन्सिलका सदस्यहरुलाई पर्यवेक्षक बानाएर एनआरएनए सम्मेलनमा सयौ विदेशीहरुलाई पनि काठमाडौंमा एक साथ उतार्न सकिने अवस्था आउने थियो । अहिलेलाई यति नै भनौं । मेरो प्रतिबद्धताहरु यहाँहरुलाई थाहै त छ ।तपाईलाई नै मतदान किन ?
आफ्नो काम छोडेर सामाजिक सेवाको भावले नेपाललाई केही होस भनेर एनआरएनएको सम्मेलनमा भाग लिन आउनु भएका प्रतीनिधीहरुका लागि यो प्रश्न निश्चय पनि महत्वपूर्ण हो। मलाई नै किन मत दिने त ? यस्को मुख्य आधार भनेको मैले बिगतका बर्षहरुमा एनआरएनएमा गरेको योगदानलाई बनाउनु पर्छ जस्तो लाग्छ। त्यस्तै मेरो भबिश्यको कार्यनिती लाई हेरिनु पर्दछ। ००० पढौं यी पनिकिन गरे एनआरएनए संस्थापक अध्यक्ष महतोले सम्मेलन ‘बहिष्कार’ ?
- विश्वसम्मेलनको मुखैमा एनआरएनएले भन्यो, ‘बालुवाटार जग्गा किनेकोमा ‘पछुतो भयो, राज्यद्वारा ठगियौं’
- एनआरएन यूकेमा नयाँ इतिहास, अध्यक्षमा पहिलोपटक महिला विजयी
- एनआरएन युरोपमा तनहुँका प्रधानको उम्मेदवारीः चर्चा चुलिदै
- एनआरएन युरोप उप संयोजकमा प्रधानको उम्मेदवारी घोषणा
प्रकाशित: २०७६ आश्विन २९
October 16th 2019
प्रतिक्रिया दिनुहोस्