जिरी सडक मोहत्सवः ‘तेन्जिङ र हिलारीले बास बसेको जिरीमा एकपटक घुमौं’ पर्यटनमन्त्री भट्टराई
निर्माण सञ्चार, २ कात्तिक, काठमाडौं। नेपाल भ्रमण वर्षलाई केन्द्रमा राखेर यतिबेला संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई देश दौडाहमा छन् । यसै क्रममा पर्यनट मन्त्री भट्टराईले दोलखा जिल्लाको जिरी सडक महोत्सवमा सरिक हुँदै ‘एक पटक घुम्न’ का लागि अपिल गरेका छन् ।
१० हजार पर्यटक भित्र्याउने उद्देश्यले शुक्रबारदेखि जिरी सडक महोत्सव सुरु भएको छ, जसको पर्यटनमन्त्री भट्टारईको प्रमुखातिथ्यमा उद्घाटन भएको थियो ।
जिरी भ्रमण पछि आफ्नो सामाजिक सञ्जालमा समेत सोही भावना व्यक्त गर्दै मन्त्री भट्टराईले दोलखाको जिरीमा एक पटक घुम्न अनुरोध गरेका हुन् ।
जिरीको सडक महोत्सवमा सरिक भएपछि स्थानीय नेतृत्व, व्यवसायीहरुसँगका तस्वीरहरु सार्वजनिक गर्दै मन्त्री भट्टराईले ‘तेन्जिङ र एडमन्ड हिलारी सगरमाथाको आरोहण गर्न जाँदा दोलखाको जीरीमा बास बसेको’ कुरा उद्धृत गरेका छन् ।
मन्त्री भटट्राईले जिरी अत्यन्तै सुन्दर पर्यटकीय गन्तव्य भएकाले आन्तरिक र बाह्य पर्यटकहरुलाई उत्तिकै रमणीय स्थल रहेको समेत बताएका छन् ।
उनले कार्यक्रममा सरिक हुँदा भनेकै कुरा दोहोर्याउँदै सामाजिक सञ्जाल मार्फत् जिरी घुम्नका लागि आग्रह गरेका छन् ।
भनेका छन्, ‘कम्तीमा सबैलाई एकपटक जिरी घुम्नका लागि अनुरोध गर्दछु ।’
आफ्नो सामाजिक सञ्जालमा उनले त्यहाँका तस्वीरहरु समेत राखेका छन् ।
३ दिनसम्म चल्ने महोत्सवको उद्देश्य पर्यटन बढाउन प्रचार प्रसार गर्नु नै रहेको नगरप्रमुख टंकबहादुर जिरेलले बताए ।
नगरप्रमुख जिरेलले प्रत्येक वडामा पर्यटन पार्क निर्माण गरिएको र आन्तरिक पर्यटनलाई लक्ष्य गरी अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न महोत्सव आयोजना भएको बताए ।
००० पढौं यो पनि जिरीमा शुक्रबारदेखि सडक महोत्सव
प्रकाशित: २०७६ कार्तिक २

October 19th 2019
प्रतिक्रिया दिनुहोस्