स्क्याफ २९औं वार्षिक महोत्सवः सुनौलो भविष्यका लागि बलियो पूर्वाधार’ मा हुने अन्तर्राष्ट्रिय सम्मेलनबारे के भन्छन् सरोकारवाला ? (भिडियो सहित)
निर्माण सञ्चार, २६ कात्तिक, काठमाडौं । मुलुकको समृद्धिबारे विभिन्न बहस चलिरहेकै बेला पूर्वाधार बिना समृद्धि टाढाको विषय हुने बताउँछन् पूर्वाधार परामर्शदाता इन्जिनियरहरु ।
यही सन्दर्भमा सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस (स्क्याफ) ले मंसिर २ देखि ४ गतेसम्म नेपालको पूर्वाधार परामर्श क्षेत्रमा नयाँ आयाम समेत थप गर्ने उद्देश्य सहित ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
भूकम्प पछिको असरलाई मूल्यांकन गर्दै पूर्वाधार निर्माणमा पनि दिगोपनको आवश्यकता महसुस भएकाले उक्त नारामा अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको आयोजक पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठले बताए ।
तीन दिनसम्म नै राजधानी काठमाडौंमा हुने उक्त पूर्वाधार सम्मेलनले नेपालको इन्जिनियरिङ तथा परामर्श क्षेत्रमा दूरगामी महत्त्वका विषय, ज्ञान, सीप तथा प्रविधि हस्तान्तरणबारे बहस हुने स्क्याफ महासचिव कृष्ण सापकोटाको भनाइ छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण समेत आयोजक रहेको यस सम्मेलनमा विभिन्न शीर्षकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यपत्रहरु प्रस्तुत हुने छन् ।
पूर्वाधार क्षेत्रमा संग्लन विभिन्न निजी क्षेत्रहरुलाई ‘नलिज पार्टनर’का रुपमा लिइएको सो सम्मेलनको सहआयोजक भने नेपाल निर्माण व्यवसायी महासंघ रहेको छ ।
सरोकारवाला कसले के भने, हेरौं भिडियो
https://www.youtube.com/watch?v=PupQ_2q464Q&feature=emb_logo
पढौं यो पनि
प्रकाशित: २०७६ कार्तिक २७
यही सन्दर्भमा सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस (स्क्याफ) ले मंसिर २ देखि ४ गतेसम्म नेपालको पूर्वाधार परामर्श क्षेत्रमा नयाँ आयाम समेत थप गर्ने उद्देश्य सहित ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
- मंसिर २ देखि ४ गतेसम्म नेपालको पूर्वाधार परामर्श क्षेत्रमा नयाँ आयाम समेत थप गर्ने उद्देश्य सहित ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन
भूकम्प पछिको असरलाई मूल्यांकन गर्दै पूर्वाधार निर्माणमा पनि दिगोपनको आवश्यकता महसुस भएकाले उक्त नारामा अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको आयोजक पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठले बताए ।
तीन दिनसम्म नै राजधानी काठमाडौंमा हुने उक्त पूर्वाधार सम्मेलनले नेपालको इन्जिनियरिङ तथा परामर्श क्षेत्रमा दूरगामी महत्त्वका विषय, ज्ञान, सीप तथा प्रविधि हस्तान्तरणबारे बहस हुने स्क्याफ महासचिव कृष्ण सापकोटाको भनाइ छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण समेत आयोजक रहेको यस सम्मेलनमा विभिन्न शीर्षकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यपत्रहरु प्रस्तुत हुने छन् ।
पूर्वाधार क्षेत्रमा संग्लन विभिन्न निजी क्षेत्रहरुलाई ‘नलिज पार्टनर’का रुपमा लिइएको सो सम्मेलनको सहआयोजक भने नेपाल निर्माण व्यवसायी महासंघ रहेको छ ।
सरोकारवाला कसले के भने, हेरौं भिडियो
‘सुनौलो भविष्यका लागि बलियो पूर्वाधार’ नारामा स्क्याफले आयोजना गर्दै अन्तर्राष्ट्रिय सम्मेलन
OOOप्रकाशित: २०७६ कार्तिक २७
November 13th 2019
प्रतिक्रिया दिनुहोस्