नेपाली समय: ०६:२८:१६ बिहान
वि.सं २०७६ मंसिर २६   बिहीवार

बधाई– प्रेस सल्लाहकार थापा र विकास विज्ञ थपलियालाई !

निर्माण सञ्चार, ३० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय हेरफेर गरेलगत्तै प्रेस सल्लाहकारमा युवा नेता सूर्य थापा तथा विकास विज्ञमा इन्जिनियर गजेन्द्र थपलिया नियुक्त भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचार विभाग उपप्रमुख समेत रहेका थापालाई प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकारको जिम्मेवारी सुम्पिका हुन् । थापा विशिष्ट शोधमूलक पत्रकारिता समेत गर्ने लेखक पनि हुन् ।

उनको राजनीतिक पृष्ठभूमिमा पत्रकारिता समेत जोडिएको छ । खरो प्रकृतिका नेता थापा प्रष्टवक्ता भनेर चिनिन्छन् ।

यो भन्दा ९ वर्ष अघि तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री रहँदा पनि थापा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थिए ।

थापालाई शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सल्लाहकारमा नियुक्त गरेको हो । यस अघि कुन्दन अर्याल उक्त जिम्मेवारीमा थिए । उनको कार्यप्रभावकारिताबारे गुनासो बढिरहेपछि कार्यप्रभावकारिता नहुने सदस्यहरुलाई प्रधानमन्त्रीले हटाएका हुन् ।

अर्यालसँगै प्रेस संयोजक चेतन अधिकारी पनि बाहिरिएका छन् ।

विकास विज्ञः इन्जिनियर थपलिया

प्रधानमन्त्रीका रुपमा यस अघिको ९ महिने अवधिमा समेत विकास क्षेत्र हेर्ने जिम्मेवारी वहन गरेका कारण कार्यप्रभावकारिता पुष्टि भएका इन्जिनियर गजेन्द्र थपलिया प्रधानमन्त्री ओलीको यस पटकको छनोटमा पनि ‘विकास विज्ञ’मा परेका छन् ।

युवा विद्यार्थी हुँदै त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान थापाथली क्याम्पसबाट स्नातकोत्तर गरेका इन्जिनियर थपलिया आफ्नो समयमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत थिए ।

पूर्वाधार निर्माण र विकासका सवालमा अन्तर्राष्ट्रिय गोष्ठीहरुमा समेत अब्बल कार्यपत्र दिने क्षमता भएका थपलियाको नेतृत्वमा प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा तुइन विस्थापनको जिम्मेवारी दिइएको थियो ।

भलै तत्कालीन परिस्थितिका कारण सरकारबाट बहिरगमन हुनु परे पनि तुइन विस्थापन अभियानको सूक्ष्म अध्ययन र अनुभवकै कारण प्रधानमन्त्री ओलीले यस पटक पनि विकासको सारथीका रुपमा उनलाई नै रोजेको सूत्रहरु बताउँछन् ।

यस अघि उक्त जिम्मेवारीमा इन्जिनियर घनश्याम भट्टराई रहेका थिए । प्रधानमन्त्रीले आफ्नो सचिवालय हेरफेर क्रममा उनको पनि राजिनामा स्वीकृत गरेका थिए ।

 

...
गुणस्तरीय तथा दिगो पूर्वाधार निर्माणद्वारा समृद्धि सम्भव छ भन्ने अभियानमा (सञ्चाकर्ममा संलग्न) निर्माण मिडिया दुवै व्यक्तित्वलाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ !

 

०००

 

पढौं यो पनि



प्रकाशित: २०७६ कार्तिक ३०
November 16th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार