विद्याको घरदैलोमा लिपुलेकको चर्चाः मतदाताले भने, ‘ओलीको अडान नडगमगाओस, विद्यालाई नै भोट दिन्छौं’
निर्माण सञ्चार, ३ मंसिर, काश्की । काश्की क्षेत्र नम्बर–२ का लागि घोषणा गरिएको उपनिर्वाचन यतिबेला बाक्लिदै छ । मुख्य प्रतिस्पर्धीका रुपमा एकातिर सत्तारुढ दल र अर्काेतर्फ प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस आमने सामने उभिएका छन् ।
देशको राजनीतिक मुद्दा भने यतिबेला छिमेकी भारतले मिचेको भूभाग बन्न थालेको छ । दुवै दलका नेतालाई मतदाताहरुको एउटै प्रश्न हुन थालेको छ, ‘लिपुलेक नेपालकै बनाउने तागत भएको राष्ट्रवादी नेता जो हो उसैलाई भोट दिने छौं ।’
मतदाताको प्रश्नले उम्मेदवारहरु ‘लिपुलेका नेपालकै हो’ भन्न त पछि परेका छैनन् । तर, विगतको नाकाबन्दी समेतको चर्चा चल्दा काँग्रेस नेतालाई जवाफ दिन हम्मे हम्मे परेको देखियो ।
यता, प्रधानमन्त्री ओलीले ‘लिपुलेकबाट भारतीय सेना फिर्ता जानै पर्ने’ धारणा राखेसँग सत्तारुढ दलका कार्यकर्ताहरुको भने नाक जोगिएको छ ।
उनीहरुले प्रधानमन्त्रीले ‘लिपुलेक हाम्रै हो, एक इन्च पनि मिच्न दिने छैनौं’ भन्ने ओली वाक्यलाई लिएर भारतीय मिडियामा आएको तरंगलाई समेत चुनावी मसला बनाएका छन् ।
...
मंगलबार बिहानको घरदैलोमा यस्तै भयो । सत्तारुढ दल नेकपाका उम्मेदवार विद्या भट्टराईको घरदैलो कार्यक्रममा सहभागीहरुले राष्ट्रवादी अडानमा खुट्टा नकमाउन प्रधानमन्त्री ओलीलाई सुझाव समेत दिएका छन् । उक्त क्षेत्रको वडा–७ स्थित मासबारमा भएको घरदैलो कार्यक्रममा महिलाहरुको उल्लेखनीय सहभागिता रहेको युवा संघ नेता माधव बास्तोलाले बताए । सहभागीहरुले नेतृ भट्टराईलाई बहुमतले विजय गराउनेबारे लिपुलेकलाई पनि जोडेका हुन् । ‘हामी महिलाहरु नै भएकाले विद्याजी नै हाम्रो नेता हो । उनलाई नै हाम्रो भोट जाने छ,’ सञ्चारकर्मीसँग बोल्दै गृहिणी टीका बराल र नानीमैया बरालले भने, ‘हामीले विद्याजीलाई प्रधानमन्त्री ओलीको राष्ट्रवादी अडानमा खुटट नकमाउन समेत सुझाव दिन भनेका छौं ।’ यस्तै बोली छ स्थानीय माधव अधिकारीको पनि । घरदैलोमा उत्साहजनक तरिकाले मानिसहरु बाक्लिदै गएकाले उम्मेदवार भट्टराई उत्साही र भावुक दुवै बनेको देखिन्छ । विशेष गरी, स्वर्गीय रविन्द्र अधिकारीको गहिरो छाप परेको सो क्षेत्रका मतदाताहरु भट्टराईको मुहारमा रवीन्द्रलाई खोजिरहेको भान हुन्छ । ००० पढौं यो पनि
प्रकाशित: २०७६ मंसिर ३

- ‘भूमिहीनका समस्या एक वर्षभित्र समाधान हुन्छ’ खगराज अधिकारी
- सहिद भीमसेन दाहालको सालिकमा माल्यार्पण गरी विद्या भट्टराईको घरदैलो अभियान सुरु
- विद्या भट्टराई भन्छिन्– ‘समृद्धि र स्थिरताका लागि नेकपामा मतदान’
प्रकाशित: २०७६ मंसिर ३
November 19th 2019
प्रतिक्रिया दिनुहोस्