नेपालमै संक्रमित कोरोनाको पहिलो रेकर्ड बन्यो कैलालीः सुदूरपश्चिममा भेटिए थप ३ संक्रमित
निर्माण सञ्चार, २२ चैत, काठमाडौं । नेपालमा पहिलो पटक विदेशबाट आएकोबाट संक्रमित कारोना रोगी फेला परेका छन् । कैलाली यसको पहिलो थलो बन्न पुगेको छ ।
यो सहित ३ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । सुदूरपश्चिम क्षेत्रमा पहिलो पटक स्थानीय तहमै कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेको हो ।
ती ३ जना कोरोना संक्रमित कैलाली र कञ्चनपुरमा फेला परेका हुन् ।
थप तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक मार्फत् सार्वजनिक गरेको हो ।
https://www.facebook.com/mohpnep/posts/865720930583094?__xts__[0]=68.ARAyN3NjVSoFNAe43m1qlykMGp0fNv-h5QRMK2okBC9HLYUMMw4W9BnWClMlKqUwh3Y1iM-lyz_kqezHadh1HAC9qfvVVkXveqhj49H2IpDZ-bdwXaStieTpxrJWq6aFf4Lrte8olY-bTPNAvCkpDUIJlZxMbcfsG_5XIOKtKwUV8W6oEgkhKAxn-ycse_iPeb5XfqsI7FbU-StMO3JMM3le5vvLNsakH_9NkzSMgouDprGyfoZgu9i9Lcehyg5ggcqYsixoLA32xanGHiavbjK_q3-of0B3W-pdtgF5i_bkFvm4AsttU-Q906xWLCXs3PQkmLidCOFWjmQACCY&__tn__=-R
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् । दुई जना बाहिरबाट आएका हुन् ।
धनगढीमा फेला परेका चौथो कोरोना संक्रमित व्यक्तिको भाउजु सातौं कोरोना संक्रमित बन्न पुगेकी छन् । उनी ३४ वर्षीया महिला हुन् । साथै, आठौँ कोरोना संक्रमितका रुपमा लम्की कैलालीका २१ वर्षीय पुरुष देखिएका छन् । उनी केही समयअघि भारतको मुम्बईबाट घर आएका थिए । उनी क्वारेन्टाइनमा थिए । त्यस्तै, नवौँ कोरोना संक्रमित भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुष बनेका छन् । उनी पनि क्वारेन्टाइनमा छन् । संक्रमित तीनै जना यतिबेला सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको मन्त्रालय बताउँछ । यसअघि विदेशबाट आएकाहरुमा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । तर, कैलालीमा भने नेपालमै रहेकाहरुमा पहिलो पटक संक्रमण पुष्टि भएको छ । ००० पढौं यो पनि
प्रकाशित: २०७६ चैत्र २२

नेपालमा कारोनाः भेटिए छैठौं कोरोना संक्रमित, उनी पनि चैत ४ कै यात्रु
प्रकाशित: २०७६ चैत्र २२
April 4th 2020
प्रतिक्रिया दिनुहोस्