
नेपालमा कारोनाः भेटिए छैठौं कोरोना संक्रमित, उनी पनि चैत ४ कै यात्रु
निर्माण सञ्चार, २० चैत, काठमाडौं । विश्वमहामारीको छिटा बाक्लिदै जाँदा नेपालमा अर्का संक्रमित भेटिएका छन् । उनी नेपालमा छैठौं कोरोना भाइरस संक्रमित बन्न पुगेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित सञ्चार साक्षात्कारमा यसबो जानकारी दिएका हुन् । उनी पनि यही चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएका थिए ।
खोजी पछि पत्ता लागेको उनलाई यतिबेला उपचार गर्दै गरेको जानकारी दिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
प्रकाशित: २०७६ चैत्र २०
उनी ६५ वर्षे बागलुङकी महिलासँगै एउटै जहाजबाट आउने ३ जना संक्रमित
उनी पनि यही चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएकी थिइन् । नेपालमा छैठौं कोरोना भाइरस संक्रमित बन्न पुगेकी उनी पनि बागलुङकै महिला रहेकी छन् । ६५ वर्षीय ती महिला खोजी पछि सम्पर्कमा आएकी थिइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा देवकोटा अनुसार उनको नमूना परीक्षणमा नतिजा पोजेटिभ आएको हो । यी महिला र ती युवती अर्थात् दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षे युवती एउटै एयरवेज मार्फत् काठमाडौं आएका थिए । यसरी आजसम्म आउँदा सो जहाजमा आउने ३ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । ... नेपालमा भेटिए मध्ये पहिलो कोरोना संक्रमित व्यक्तिको उपचारपछि निको भइसकेको छ भने दोस्रो संक्रमित व्यक्ति काठमाडौंकी १९ वर्षीया युवतीको उपचार भइरहेको छ । दोस्रो उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन् । ती युवतीमामा चैत १० गते कोरोना संक्रमण पुष्टि भएपछि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो । तेस्रो धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको अवस्था छ । संक्रमित सबैको उपचार भइरहेको जनाइएको छ । ०००कोरोनाको पाँचौं रोगीले जन्माएको आशंकाः विदेशबाट आएका नेपालीको चरम लापरबाही, रोग बोक्दै गुपचुप भाग्ने कि चेकजाँच गराउन थाल्ने ?
नेपालमा कोरोना अपडेटः दुबईबाट आएका चौथो कोरोना संक्रमित व्यक्ति धनगढीमा भेटिएपछि ...!
कोरोना अपडेटः ‘नेपालमा कोरोनाबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन’
कोरोनाग्रस्त अमेरिकाः ५ लाख बढीको मृत्यु, २ लाख ४० हजार मर्न सक्ने चेतावनी, भारतमा संक्रमित २ हजार पुग्दै
नेपालमा कहाँ कहाँ हुन्छ कोरोनाको उपचार ? हेर्नुहोस् सातै प्रदेशको (सूचि सहित)
प्रकाशित: २०७६ चैत्र २०
April 2nd 2020
प्रतिक्रिया दिनुहोस्