
भारतमा ‘बन्दाबन्दी’ झनै कडाः थपियो वैशाख २१ सम्म ‘लकडाउन’
निर्माण सञ्चार, २ वैशाख ०७७, काठमाडौं । यस अघिको लकडाउन भोलि (३ गते बुधबार) सकिनु अगावै भारतले वैशाख २१ गतेसम्म लकडाउन थपिएको घोषणा गरेको छ ।
मंगलबार देशबासीका नाउँमा सम्बोध गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन थपिएको घोषणा गरेका हुन् ।
यो अवधि अझै कडा बनाउने भारतले संकेत गरेपनि अबको २ हप्ता आर्थात् ३० अप्रिलदेखि अत्यावश्यक कामका लागि छुट दिइने जनाएको छ ।
भारत कोरोनाबाट दक्षिण एसियामा सबैभन्दा बढी प्रभावित मुलुक हो । भारतमा हालसम्म करिब साढे १० हजारमा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ भने साँढे ३ सयभन्दा धेरैको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।
०००
प्रकाशित: २०७७ बैशाख २
नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १४: विश्वमा कस्तो छ अवस्था ?
प्रकाशित: २०७७ बैशाख २
April 14th 2020
प्रतिक्रिया दिनुहोस्