कैलाली र रौतहटको नयाँ संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १४: विश्वमा कस्तो छ अवस्था ?
निर्माण सञ्चार, १ वैशाख, ०७७, काठमाडौं । रौतहट जिल्लामा कोरोनाभाइरसबाट संक्रमित नयाँ बिरामी भेटिएका छन् । सो जिल्लामा क्वारेन्टाइनमा बस्दै आएका १९ वर्षीय एक पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले पुष्टि गरको हो ।
यस अघि कैलालीको लम्की चुहामा ६५ वर्षीया बृद्धामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएको थियो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।
हालसम्म कैलाली जिल्लामा ४, पर्सा जिल्लामा ३, काठमाडौंमा ३, बाग्लुङमा २ तथा रौतहट र कञ्चनपुरमा १–१ जना कोरोनाभाइरस संक्रमित फेला परेका हुन् ।
यसमध्ये काठमाडौंमा रहेका एक जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा आजै भेटिएका एकै परिवारका ३ जनामा गरिएको आशंका पुष्टि भएमा नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने निश्चित छ ।
पछिल्ला दिनमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको छ विश्वकै महाशक्ति भनेर चिनिएको अमेरिका । तर, यो कोरोना भाइरससँगको लडाइँमा सबैभन्दा निम्छरो र होश उडेको देशका रुपमा पनि अमेरिका नै हुन पुगेको छ । यस देशमा कोरोना भाइरसका संक्रमितको संख्या ५ लाख ५७ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या पनि २२ हजार एक सय ८ पुगेको छ ।
०००
हेरौं स्वास्थ्यमन्त्रालयको भिडियो कन्फरेन्सhttps://www.facebook.com/mohpnep/videos/593279734608192/?__xts__[0]=68.ARDJSR2y0OpO-t0l1BY5oJrk-UGy2NIfDm3WNpFkYpUSQZVnAR0LPFA--bz7yEWov4GV2y2gTHmjJp_I7zuvIzxBlLNL2WsJie-6uWzqQ48H3JC7Icu6wKuaRYGhuyTuBi6QkRzAw7CcTgFbSMrvyddaz5Ri-K6z4LUkc3iZhmTy9bT5vY6gRnj-Chp0fK64LSxHU0UJ20pKYZqK3LHIxJZvKUfOxv_bKytmgf0mmsQ-IE6kycErKQGTZP1W5bdhHRF38CI6hUfy8JEXoDUxTVb2mgeepccLCwgmOxefrfgGLe3eRFyqA9HntaM4CFfp0nPu-iPig0NIzAyIF7zipcBg8hhVcc_BFcE&__tn__=-R
०००
प्रकाशित: २०७७ बैशाख १
अहिलेसम्म ११ हजारको नमूना परीक्षण
पछिल्ला दिनमा तीव्र गतिमा नमूना परीक्षण अघि बढाइरहेको सरकारले अहिलेसम्म देशभरिमा गरी झन्डै ११ हजार जनाको कोरोना (कोभिड–१९) भाइरस परीक्षण गरिसकेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसबारे सोमबार मन्त्रालयमा गरिएको सञ्चार साक्षात्कारमा जानकारी दिएका हुन् । उनका अनुसार, सोमबारसम्म १० हजार ९८२ वटा नमूना परीक्षण गरिएको छ । मन्त्रालयले ५ हजार ६ सय ९१ जनाको पिसिआर र ५ हजार २ सय ९१ जनाको र्यापिड किट विधिबाट परीक्षण गरिएको हो ।५२ जिल्लामा र्यापिड किटबाट परीक्षण सुरु
र्यापिड किटबाट ५२ जिल्लामा परीक्षण सुरु भएको प्रवक्ता देवकोटाले जानकारी दिए । यतिबेला यी किट सातै प्रदेशमा ५ हजारका दरले वितरण गरिएको छ । आजसम्म परीक्षण गरिएमध्ये १४ जनामा संक्रमण पुष्टि भएको छ । यस अघि रौतहटमा १९ वर्षीय पुरुषमा कोरोना देखिएको छ । उनी क्वारेन्टाइनमै थिए । आजका दिनसम्म काठमाडौं उपत्यकामा ९ सहित देशभरि १ सय ३ जना आइसोलेसनमा छन् । काठमाडौंस्थित पेप्सिकोलामा रहेको सनसिटी हाउजिङको केस थपिएपछि काठमाडौंभित्र लुकी बसेका कोरोना संक्रमितहरुको संख्या बढ्न सक्ने आशंका र त्रास दुवै बढेको छ ।विश्वभर कोरोनाबाट मृत्यु हुने १ लाख १४ हजार बढी पुग्यो
सोमबारसम्मको विश्वमहामारीको डाटा हेर्दा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार, विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार दुई सय ४५ पुगेको हो । त्यस्तै, यो भाइरसबाट विश्वभर १८ लाख ५० हजारभन्दा धेरै मानिस प्रभावित भइसकेका छन् ।पछिल्ला दिनमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको छ विश्वकै महाशक्ति भनेर चिनिएको अमेरिका । तर, यो कोरोना भाइरससँगको लडाइँमा सबैभन्दा निम्छरो र होश उडेको देशका रुपमा पनि अमेरिका नै हुन पुगेको छ । यस देशमा कोरोना भाइरसका संक्रमितको संख्या ५ लाख ५७ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या पनि २२ हजार एक सय ८ पुगेको छ ।
छिमेकी भारतमा कति ?
मित्रराष्ट्र भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ९ हजार १ सय ५२ पुगेको छ भने यो भाइरसबाट मृत्यु हुनेको संख्या पनि ३ सय ८ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३५ जनाको मृत्यु भएको हो । त्यस्तै, चीनको वुहान, जहाँबाट यो महामारी सुरु भयो, जहाँ सबैभन्दा पहिला नै लकडाउन हटाइयो, एक हप्ता शून्य अवस्थामा रहेको कोरोना संक्रमण गएको दिन एकाएक एक सय बढीमा पुनः संक्रमण देखिएको छ । संक्रमण देखिए पनि मृत्यु भने कसैको भएको छैन ।०००
हेरौं स्वास्थ्यमन्त्रालयको भिडियो कन्फरेन्स
बेलायतबाट आएका सनसिटीमा बस्ने एकै परिवारका ३ मा कोरोना आशंकाः पाटन अस्पतालमा भर्ना
कोरोना अपडेटः ‘नेपालमा कोरोनाबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन’
आयो रिपोर्टः वीर अस्पताल र पाटनमा मृत्यु हुने तिनै जनामा ‘कोरोना संक्रमण नभएको’ पुष्टि
नेपालमा कारोनाः भेटिए छैठौं कोरोना संक्रमित, उनी पनि चैत ४ कै यात्रु
नेपालमा कहाँ कहाँ हुन्छ कोरोनाको उपचार ? हेर्नुहोस् सातै प्रदेशको (सूचि सहित)
कोरोनाको पाँचौं रोगीले जन्माएको आशंकाः विदेशबाट आएका नेपालीको चरम लापरबाही, रोग बोक्दै गुपचुप भाग्ने कि चेकजाँच गराउन थाल्ने ?
प्रकाशित: २०७७ बैशाख १
April 13th 2020
प्रतिक्रिया दिनुहोस्