नेपाली समय: १०:१२:२९ राती
वि.सं २०८३ बैशाख ८   मंगलवार

कोरोना जित्ने चौथा बने कैलालीका ती युवकः जो भारतबाट संक्रमित भएर आएका थिए

निर्माण सञ्चार, ७ वैशाख ०७७, काठमाडौं

कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक राज बिक कोरोना संक्रमण माथि जित हासिल गर्दै आज घर फर्केका छन् ।

योसँगै उनी नेपालमा कोरोना संक्रमितहरु घर फर्कने चौथो व्यक्ति बनेका छन् । उनको धनगढीको सेती अस्पतालमा उपचार गरिएको थियो ।

२१ वर्षीय यी युवकको दोस्रो र तेस्रो पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएपछि उनलाई अस्पतालबाट घर फर्काइएको हो ।

उनलाई अस्पतालकै भ्यानमा राखी घर पठाइएको अस्पताल स्रोतले बतायो । गत चैत २२ गते कोरोना पोजेटिभ देखिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पताल उनको भर्ना गरिएको थियो । 

उनी भारतबाट नेपालमा कोरोना संक्रमित भएमध्येका एक हुन् । उनी भारतबाट चैत ११ गते घर फर्किएका थिए । 

कोरोना आशंकामा उनी कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि मात्र कोरोना पुष्टि भएको थियो । 

उनको आइसोलेसन क्रम भने ११ दिन क्वारेन्टाइनमा र १३ दिन आइसोलेसनमा बितेको छ । 

नेपालमा हालसम्म ३१ जना कोरोना संक्रमित भेटिएका छन् । बिक भन्दा अघि ३ जना उपचारबाट निको भई घर फर्किसकेका छन् ।

०००

पढौं यो पनि 
 

दोस्रो कोरोना संक्रमित युवती कोरोना मुक्तः २७ दिनपछि फर्किइन घर

 

बागलुङकी ६५ वर्षे वृद्धा पनि कोरोना जितेर घर: कोरोना जित्ने उनी तेस्रो बनिन्



प्रकाशित: २०७७ बैशाख ७
April 19th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार