नेपाली समय: १२:१७:३३ am
वि.सं २०८१ चैत्र ३   सोमवार

२ महिनासम्मका लागि भन्दै ट्रम्पले घोषणा गरे ‘ग्रिनकार्ड’ स्थगनः ६० दिन पछि अर्काे ३० दिन थपिन सक्ने

निर्माण सञ्चार, १० वैशाख, काठमाडौं । अमेरिकाले आफ्नो देशमा स्थायी बसोबासका लागि चलाउँदै आएको नयाँ अनुमति (ग्रिनकार्ड) प्रक्रिया दुई महिनासम्म बन्द गर्ने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

एक दिन अघि मात्रै राष्ट्रपति ट्रम्पले ट्वीटबाट आप्रवासीहरुलाई अमेरिका आउन रोक लगाउने जानकारी दिएका थिए । 

अमेरिकामा कोरोनाको कस्तो छ अवस्था ?

अहिलेसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख २४ हजार नाघेको हो भने मृत्यु हुनेको संख्या ४५ हजार ३९ पुगेको छ  

मंगलबार साँझको नियमित प्रेस ब्रिफिङ क्रममा ट्रम्पले भनेका छन्, ‘यो आदेश अमेरिकामा स्थायी रुपमा बस्न चाहनेहरुमाथि लागु हुन्छ र अस्थायी रुपमा काम गर्न अमेरिका आउनेहरुका लागि लागु हुँदैन ।’

यो प्रतिबन्ध ६० दिन पछि अझै लगाउनु पर्ने हुन्छ या हुँदैन भन्ने त्यतिबेलै निर्णय लिनु पर्ने बताएका छन् । जुन कुरा अमेरिकी अर्थतन्त्रको अवस्थामा निर्भर रहने बताएका छन् । 

उनले अझै पनि आप्रवासीका रुपमा कतिपय मानिसहरु अमेरिका नै रहनुपर्ने अवस्था रहेको समेत बताएका छन् । 

ट्रम्पले अमेरिकामा स्थायी बसोबास गर्ने नयाँ आप्रवासीहरुमाथि ६० दिनपछि प्रतिबन्ध लगाउने या नलगाउने भन्ने विषयमा पनि विचार गर्नु पर्ने छनक दिएका छन् । 


उनले अmभै अघि भनेका छन्, ‘यदि आवश्यक परेमा यसलाई ३० दिनका लागि या त्योभन्दा पनि धेरै समयसम्म बढाउन पनि सकिन्छ ।’

ट्रम्पले अमेरिकीहरुको रोजगारी रक्षा अमेरिकी सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । यसले आउने दिनमा आप्रवासीहरुका लागि अमेरिकामा सहज नहुने अनुमान गर्न थालिएको छ ।

अमेरिकी जनता नै पहिलो प्राथमिकतामा भएकाले आप्रवासीहरुलाई रोक लगाउन आवश्यक रहेको ट्रम्पको प्रष्टीकरण छ ।

ट्रम्पले भने, ‘अमेरिकामा विदेशीहरुलाई बस्न रोक लगाउनका लागि कार्यकारी आदेश जारी हुँदैछ । भोलिसम्ममा तयार भएर हस्ताक्षरका लागि आउने छ । यो आदेश कठोर हुने छ ।’

तर, राष्ट्रपतिले आप्रवासी किसानहरुको बारेमा आउने आदेशले किसानहरुलाई असर नगर्ने बताएका छन् ।

‘पहिलो प्राथमिकता अमेरिकीलाई दिनु नैतिक कर्तव्य हुने छ ।’ ट्रम्पले भने, ‘कोरोना भाइरस संक्रमणको प्रभावका कारण अहिलेसम्म लाखौं अमेरिकीको रोजगारी गुमेको छ । त्यसैले ती अमेरिकीहरुको रोजगार सुनिश्चित गर्ने सरकारको नैतिक कर्तव्य हो ।’

अमेरिकामा कोरोनाको कस्तो छ अवस्था ?

अमेरिकामा मंगलबारसम्म कोरोना संक्रमितको संख्या ८ लाख नाघिसकेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार, अहिलेसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख २४ हजार नाघेको हो भने अहिलेसम्म मृत्यु हुनेको संख्या पनि ४५ हजार ३९ पुगेको छ ।

 

 

०००

अमेरिकाले रोक्दै छ डिभी र बसाइसराइः के विश्वबाट अलग्दिै छ अमेरिका अब ?

 

 



प्रकाशित: २०७७ बैशाख १०
April 22nd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार