नेपाली समय: ०४:१३:५९ बिहान
वि.सं २०८२ कार्तिक २४   आइतबार

बेलायतमा पनि पहिलोपटक लगाइयो कोरोना विरुद्ध परीक्षण खोप

निर्माण सञ्चार, १२ वैशाख, ०७७, एजेन्सी 

करिब ३ महिनासम्मको अध्ययनबाट पत्ता लगाइएको विधि अनुसार अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरस (कोभिड१९) विरुद्धको पहिलो खोप परीक्षण गरेको छ ।

युरोपमा मानिसमाथि गरिएको यो पहिलो कोरोना विरुद्धको खोप परीक्षण हो । 

यो परीक्षणमा आठ स्वयम्सेवीहरु मध्येबाट २ स्वयंसेवीमा परीक्षण सुरु गरिएको बेलायती सञ्चार एजेन्सी बिबिसीले जनाएको छ।

उनीहरुका अनुसार तिनममध्ये आधा संख्याका मानिसलाई कोरोना भाइरसको खोप लगाइने छ भने आधालाई कोरोनाको नभई मेनिन्जाइटिस् विरुद्धको खोप लगाइनेछ।

संलग्न चिकित्सकहरुले लगाइएको खोपको रेकर्ड राखिएको हुने छ तर लगाइएका मानिसलाई भने  आफुलाई कुन खोप लगाइएको भन्ने यकिन हुनेछैन। 


यो खोपको विकास झन्डै ३ महिनाको अध्ययनपछि अक्सफोर्ड विश्वविद्यालयको टोलीले गरेको हो ।

जेनर इन्स्टिच्युटका भ्याक्सिनोलजीका प्राध्यापक सारा गिलबर्टले उक्त अध्यनन टोलीले गरेको प्रिक्लिनिकल अनुसन्धानको नेतृत्व गरेकी थिइन्।

उनले भनेकी छन्, ‘व्यक्तिगत रुपमा मालाई यो खोपमाथि ठूलो विश्वास छ, यसको परीक्षणको परिणाम भने हामीले हेर्नु पर्ने हुन्छ ।’


मानिसहरुलाई कोरोना संक्रमणबाट बचाउनका लागि उनीहरु दृढतापूर्वक लागिरहेको बताएका छन् ।

यस अघि चीनले, अमेरिकामा निजी संस्थाहरुले र अस्ट्रेलियामा समेत कोरोना विरुद्धको खोप परीक्षण सुरु भएका समाचार प्रकाशित भएका थिए । तर, कुनैले पनि अहिलेसम्म यकिन गरेर भने खोप प्रेस्क्राइब्ड गर्न सकेका छैनन् ।


०००

पढौं यो पनि

 

चीनले तयार पार्यो कोरोनाको भ्याक्सिनः दुई खोप मानिसमाथि परीक्षण गर्न अनुमति

 



प्रकाशित: २०७७ बैशाख १२
April 24th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार