
भूमि मिचिएप्रति परराष्ट्रको कडा सन्देशः दार्चुलाको छाङरुमा केही दिनमै सशस्त्रको बटालियन राख्दै सरकार
निर्माण सञ्चार, २९ वैशाख, काठमाडौं । भूमि मिचिने काम कम नभएपछि छिमेकी भारतसँग विवाद समाधानका लागि कडा कदम चाल्ने मनस्थितिमा सरकार पुगेको बुझिन्छ ।
यसबारे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जानकारी दिएका हुन् ।
मन्त्री ज्ञवालीले केही दिनभित्रै दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बटालियन राख्न लागिएको जानकारी दिएका छन्।
मन्त्री ज्ञवालीले छाङरुमा बोर्डर पोस्ट राख्न लागिएको जानकारी दिए ।
नेपालको भूमि र सीमा लगभग ७ दशकदेखि भारतले मिच्दै आएको छ । अघिल्ला सरकारहरुको कमजोर प्रस्तुतिका कारण भारतले नेपालको राजनीतिक स्थायित्वमाथि आँच आउने गरी काम गर्ने र नेपालभित्र सरकार र आन्तरिक राजनीतिक दलहरु द्वन्द्वमा मुछिएपछि नेपालको भूमाग मिच्ने गर्दै आइरहेको छ ।
इतिहासदेखि नै भारतले यस्तै यस्तै गलत काम गर्ने र मुलुकमाथि विभिन्न षडयन्त्र गर्ने गर्दै आएको नेपाली जनताले बुझ्दै गएका बेला परराष्ट्र मन्त्रालयको ठम्याइ पनि यस्तै रहेको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले माथिल्लो दार्चुलामा नेपालको उपस्थिति कमी भएकै कारण पनि त्यसक्षेत्रमा समस्या आएको बताएका छन्।
उनले हेलिकोप्टरबाट त्यस क्षेत्रमा सुरक्षाकर्मी पठाउने तयारी गरेको बताए ।
भने, ‘हेलिकप्टरबाट त्यस क्षेत्रमा सुरक्षाकर्मी पठाउने तयारी छ । चिसो र हाइअल्टिच्युडका कारण केही ढिलाइ भएको छ।’
हालका दिनसम्म भारतसँगको सिमानामा २२ हजार ६ सय सशस्त्र प्रहरी खटाइएको उनको भनाइ छ । उनका अनुसार यो संख्याको सशस्त्र प्रहरी पछिल्लो लकडाउन व्यवस्थित गर्न खटाइएको हो ।
तर, अब सीमा सुरक्षाकै लागि सरकारले थप सुरक्षा बल तैनाथ गर्ने भएको हो ।
परराष्ट्रमन्त्री ज्ञवालले भारतसँगको सीमा क्षेत्रहरुमा स्थायी सुरक्षाचौकी नै राखिने बताए । उनका अनुसार अब १ सय १२ बाट बढाएर १२० स्थानमा स्थायी सुरक्षा चौकी राखिदै छ ।
यसका साथै, सरकारले अहिले कोरोना संक्रमितलाई रोक्न थप १ हजार ९३ अस्थायी पोस्ट राखिएको पनि मन्त्री ज्ञवालीले जानकारी दिए।
सरकार अब विस्तारै आफ्ना सीमा क्षेत्रमा स्थायी सैनिक पोस्ट तयार गर्दै नेपालको भूमि रक्षा गर्ने रणनीतिमा रहेको मन्त्रालयको भनाइ छ ।
लिपुलेकबारे सबैभन्दा पहिले भारतसँग कुरा गरेपछि अवस्था हेरेर चीन समेतसँग छलफल गर्ने मानसिकतामा नेपाल सरकार रहेको छ ।
०००
प्रकाशित: २०७७ बैशाख २९
सीमा सुरक्षामा इतिहासकै धेरै सुरक्षाकर्मी परिचालितः अब भिआइपी सुरक्षाबाट सीमा सुरक्षामा सशस्त्र प्रहरी थप्दै सरकार
प्रकाशित: २०७७ बैशाख २९
May 11th 2020
प्रतिक्रिया दिनुहोस्