निर्माण सञ्चार, ३ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट पहिलो मृत्यु भएको छ ।
१० दिनकी सुत्केरी उनी सिन्धुपाल्चोक बाह्रबिसेकी हुन् । २९ वर्षीया उनको कोभिड १९ संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
कहाँबाट भयो संक्रमण ?
मृतक साबित्री चालिसे १० दिनअघि मात्र त्रिवि शिक्षण अस्पतालबाट सुत्केरी भएर घर फर्केकी थिइन् ।
नर्मल डेलिभरीबाट छोरा भएकी उनी र सन्तान दुवैको अवस्था सामान्य थियो । मन्त्रालयले दिएको जानकारी अनुसार उनको २५ गते डिस्चार्ज भएको थियो । त्यसपछि उनीहरु बाह्रबिसेस्थित घर गएका थिए ।
कहाँबाट भयो संक्रमण ?
मृतक महिलाको पशुतिमा संस्कार
घर पुगेको केही दिनमै उनलाई ज्वरो र खोकी सुरु भयो । साथै स्वासप्रश्वासमा समस्या देखियो । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा निको नभएपछि उनलाई धुलिखेल अस्पताल ल्याउँदै गर्दा बाटैमा निधन भएको थियो ।
समस्या कोरोनाको लक्षणसँग मिल्दोजुल्दो देखिएपछि उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट संक्रमण भएको पुष्टि भयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ ।
मृतक चालिसेको मृत्यु कोरोनाकै कारण भएको हो वा होइन भनी यकिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अध्ययन टोली धुलिखेल अस्पतालमा पठाएको थियो ।
टोलीले गरेको अध्ययन र परीक्षण पछिको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ ।
मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विस्स्वृत विवरण लिइएको र कोभिड १९ सँग सम्बन्धित थप परीक्षण पश्चात नेपालमा कोभिड १९ बाट मृत्युभएको पहिलो घटना भएको पुष्टि भएको छ ।’
मृतक महिलाको पशुतिमा संस्कार
मृतक महिलाको शनिबार राति नै राजधानीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
उनको विद्युतीय शवदाह गृहमा शव जलाइएको हो । धुलिखेल अस्पतालमा मृत्यु भएकी उनको शव एम्बुलेन्समार्फत पशुपति आर्यघाट ल्याइएको थियो । प्रहरीको विशेष सुरक्षा कमान्डले उनको अन्तिम संस्कार गराएको थियो ।
इन्सपेक्टरको कमान्डमा प्रहरी टोली, नेपाली सेनाका दुई प्रतिनिधि, स्वास्थ्य मन्त्रालयका एक प्रतिनिधि र परिवारका केही मात्र सदस्यहरु आर्यघाट पुगेका थिए ।
नजिकै रहेको महानगरीय प्रहरी बृत्त गौशालाको प्रहरी पनि पशुपति पुगेको गौशाला प्रहरीले जानकारी दिएको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्ति कभर फोटो कोरोना मृतकका लागि विशेष सुरक्षा सहित तयार भएको प्रहरी कमान्डको हो ।
०००
Read This sroty also
प्रतिक्रिया दिनुहोस्