नेपाली समय: ११:५७:५२ राती
वि.सं २०७७ आश्विन १४   बुधवार

पहिलो पल्ट देखियो काभ्रे, सिरहा र महोत्तरीमा कोरानाः ३ थपिएसँगै संक्रमितको संख्या २७९

निर्माण सञ्चार, ३ जेठ, काठमाडौं

कोरोना संक्रमण हरेक जिल्लामा प्रवेश गरिरहेको देखिन्छ । पछिल्लो सूचना अनुसार अहिलेसम्म नेपालका २६ जिल्लामा कोरोना भाइरस (कोभिड १९) संक्रमितहरु भेटिएका छन् । कूल संक्रमितको संख्या २७९ पुगेको छ । 

तर, स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फते अपराह्न ४ः०० बजे दिएको जानकारीमा यसबारे पुष्टि गरिएको हो ।

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीका ३० वर्षीय पुरुषमा संक्रमण देखिएको हो । सिरहामा संक्रमण देखिएसँगै प्रदेश नम्बर–२ का आठै जिल्ला कोरोना संक्रमित बन्न पुगेका छन् । 

ती पुरुष गएको फागुन २८ गते साउदी अरबबाट फर्केको बताइएको छ । 

विदेशबाट आएकाको स्वाब संकलन गर्ने क्रममा गत वैशाख २९ गते भगवानपुर गाउँपालिकाको स्वास्थ्य केन्द्रमा उनको स्वाबको नमुना लिइएको थियो । 

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टबाट शनिबार कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले यसको पुष्टि गरेका हुन् ।

काभ्रे जिल्ला सिल

स्वाथ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार शनिबार अपराह्नसम्म काभ्रे र सिरहा जिल्लामा एक–एक जना संक्रमित पुष्टि भएका छन् ।

यो संक्रमण काभ्रे र सिरहा दुवै जिल्लाको लागि पहिलो केस हो । केस पुष्टि भएसँगै काभ्रे जिल्ला सिल गरिएको छ । राजमार्ग बाहेक आन्तरिक बाटाहरु र सर्वसाधारणको हिँडडुल सबै निषेध गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवकमा संक्रमण पुष्टि भएको हो। 

 

०००

पढौं सम्बन्धित समाचार

कोरोना संक्रमित पुगे २७६ः प्रेदश–२ का सबै जिल्ला कोरोनाले छायो, कपिलवस्तु, सिरहा र चितवनसम्म थपिए यसरी ९ संक्रमित

शिक्षण अस्पतालमा सुत्केरी भएकी बाह्रबिसेकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु, कारण आउँदै

बालबालिकामा फैलदै कोरोना संक्रमणः ३ बालक सहित ९ जनामा संक्रमण पुष्टि, पुगे २ सय ६७

थपिए ९ कोरोना संक्रमितः पुगे २ सय ५८

कोरोना अपडेटः धनुषा, धादिङ र काठमाडौंबाट थपिए ३ जना संक्रमित, संख्या पुग्यो २४९

सर्लाही, धनुषा र महोत्तरीमा थपिए कोरोनाका ५ संक्रमितः पुग्यो २४६ !

काठमाडौंमा चन्द्रागिरि कोरोना केन्द्र ! नयाँ २ भेटिएसँगै कोरोना संक्रमितको संख्या पुग्यो २४५

डब्ल्युएचओको चेतावनीः ‘कोरोना भाइरसको अन्त्य नहनु पनि सक्छ, खोप पत्ता लागउनै समय लाग्न सक्छ !’

 

 



प्रकाशित: २०७७ जेठ ३
May 16th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार