नेपाली समय: ०३:०६:५० बिहान
वि.सं २०८३ बैशाख ९   बुधवार

कचनाकवलमा थपिदै कोरोना संक्रमितः थपिएका ९ सहित संक्रमित संख्या ४५३

निर्माण सञ्चार, ८ जेठ, काठमाडौं । पछिल्लो रिपोर्ट अनुसार  झापाको कचनाकवलमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । 

पछिल्लो अपडेट अनुसार झापा कचनाकवलमा ८ कोरोना संक्रमित थपिएका छन् भने एकजना रुपन्देहीका पुरुष रहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविमा रहेको क्वारेन्टाइनमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

उनीहरु १७ देखि ५५ वर्ष भित्र रहेका छन् । सो सहित १८ वर्षका २ जना छन् भन् २० वर्षका २ र २३, ५२ वर्षका पनि रहेका छन् ।

रुपन्देहीका कोरोना संक्रमित भने २७ वर्षीय पुरुष रहेका छन् । 

यससँगै नेपालमा कोरोना भाइरस संक्रमणको कुल संख्या ४५३ पुगेको छ । बिहीबार नै ४ जना उपचार पछि घर फर्किएका छन् भने नेपालमा कोरोना संक्रमणबाट तेस्रो व्यक्तिको पनि निधन भएको छ । 

OOO

पढौं सम्बन्धित समाचार

कोरोना संक्रमणबाट भयो तेस्रो मृत्यु, कोरोना जितेर आजै फर्किए ४ जना घर

कोरोना अपडेटः झापा, धरान र धनकुटामा फेला परे १७ संक्रमित, संख्या पुग्यो ४४४

 



प्रकाशित: २०७७ जेठ ८
May 21st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार