एकैदिन थपिए ४३ जना कोरोना संक्रमितः संक्रमितको संख्या पुग्यो ५९१
निर्माण सञ्चार, १० जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५९१ पुगेको छ । शनिबार मात्रै ४३ जना संक्रमित थपिएका हुन् । सोही दिन अपराह्न ३६ जना नयाँ संक्रमित पुष्टि भएकोमा साँझसम्म थप नयाँ ७ संक्रमित थपिएका हुन् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा प्रदेश नं– ५ मा ७ जना संक्रमित थपिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले पुष्टि गरेका हुन् ।
गिरीका अनुसार संक्रमित हुनेमा रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जना कोरोना संक्रमित पुष्टि भएका छन् ।
त्यस्तै, गुल्मीका संक्रमित भने यसअघि मृत्यु भएका ४१ वर्षीय शिक्षकको कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेका थिए ।
शनिबार अपरान्ह पुष्टि भएका ३६ जना नयाँ संक्रमितबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिएका हुन् । अपराह्नसम्म कूल संक्रमितको संख्या ५ सय ८४ पुगेको थियो। ००० पढौं सम्बन्धित समाचार
प्रकाशित: २०७७ जेठ १०

कोरोना अपडेटः शुक्रबार रातिसम्म संक्रमित संख्या पुग्यो ५१६
नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो ५००ः थपिए २० नयाँ कोरोना संक्रमित
प्रकाशित: २०७७ जेठ १०
May 23rd 2020
प्रतिक्रिया दिनुहोस्