नेपाली समय: १०:४०:२८ बिहान
वि.सं २०७७ जेठ २४   शनिवार

नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो ५००ः थपिए २० नयाँ कोरोना संक्रमित

निर्माण सञ्चार, ९ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का नयाँ थप २० जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ५०७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित सञ्चार साक्षात्कारमा दिएको जानकारी अनुसार डडेलधुरा र वैतडीमा पनि नयाँ संक्रमित देखिएका छन् । 

डडेलधुराको पराशुराम–१० का २८ वर्षीय पुरुष र बैतडीको शिवनाथ–१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जानकारी अनुसार कैलालीमा पनि थप ३ मा कोरोना संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमित पुष्टि भएका हुन् ।


बाँकेमा पनि नयाँ १४ जना संक्रमित थपिएका छन् । १८ वर्ष उमेरदेखि ६१ वर्षसम्मका पुरुषहरु नै रहेका छन् । 

राप्ति सोनारीका एक युवक १८ वर्षीय रहेका छन् भने बाँकी १३ जना नरैनापुरकै रहेका छन् । यस्तै मोरङको रतुवामाई– २ का एक जना पुरुष पनि संक्रमित भेटिएका छन् ।

 

 

.....

०००

पढौं सम्बन्धित समाचार

कोरोना संक्रमण अपडेट– ३० जनामा सङ्क्रमण पुष्टिः कुल ४८७

नेपालमा कोरोना संक्रमित पुगे ४५७

कोरोना संक्रमणबाट भयो तेस्रो मृत्यु, कोरोना जितेर आजै फर्किए ४ जना घर

कचनाकवलमा थपिदै कोरोना संक्रमितः थपिएका ९ सहित संक्रमित संख्या ४५३

कोरोना संक्रमणबाट भयो तेस्रो मृत्यु, कोरोना जितेर आजै फर्किए ४ जना घर



प्रकाशित: २०७७ जेठ ९
May 22nd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार