कोरोना अपडेटः शुक्रबार रातिसम्म संक्रमित संख्या पुग्यो ५१६
निर्माण सञ्चार, ९ जेठ, काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणले ४० जिल्ला भ्याइसकेको देखिन्छ । शुक्रबार रातिसम्म थपिएका नयाँ ९ सहित ५१६ संक्रमित पुष्टि भएका छन् ।
भेटिएका नयाँ संक्रमितहरु मध्ये बारा, सप्तरी, भक्तपुर र मकवानपुर थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको हो।
त्यस्तै, सप्तरीको बलान बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका ९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका ३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।
०००
पढौं सम्बन्धित समाचार
प्रकाशित: २०७७ जेठ ९
नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो ५००ः थपिए २० नयाँ कोरोना संक्रमित
कोरोना संक्रमण अपडेट– ३० जनामा सङ्क्रमण पुष्टिः कुल ४८७
नेपालमा कोरोना संक्रमित पुगे ४५७
प्रकाशित: २०७७ जेठ ९
May 22nd 2020
प्रतिक्रिया दिनुहोस्