नेपाली समय: ०८:४८:३८ pm
वि.सं २०८३ बैशाख ८   मंगलवार

एकै दिन थपिए ९० कोरोना संक्रमितः संख्या पुग्यो ७७२- ४६ जिल्लामा फैलियो कोरोना

निर्माण सञ्चार, १३ जेठ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९० जना कोरोना भाइरस संक्रमितको संख्या थपिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ सय ७२ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।


महोत्तरी सहित रौतहटमा २२ संक्रमित थपिएका छन् । रौतहट सदरमुकाम गौरमा भने पहिलो पटक कोरोना संक्रमित फेला परेका छन् ।

गौर नागरपालिका– ७ पुरुष र एक महिलामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

यस्तै यसैगरी देवाही गोनाही नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ । 

यो २४ घण्टा भित्र पुष्टि भएको संक्रमित मध्ये कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर १, २ र ८ का २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ती संक्रमितमध्ये एकजना २ वर्षकी बालिका पनि रहेकी छन् ।

त्यस्तै, बाँकेमा ८ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा यो संख्याका कोरोना संक्रमित पुष्टि भएका हुन् ।

त्यस्तै, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

त्यस्तै, सेती प्रयोगशालामा गरिएको परीक्षणबाट कैलाली र अछामका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरामा गरिएको परीक्षणमा स्याङ्जा बालिङका २० र २९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु ४ दिनअघि भारतबाट आएका थिए । भारतबाट आउँदै कोरोना संक्रमित बनेका थिए ।

त्यस्तै, सुर्खेतमा गरिएको परीक्षणमा १२ जनाको रिपोर्ट पोजेटिभ पुष्टि भएको छ । जसमध्ये वीरेन्द्रनगरका ८ जना रहेका छन् । 

स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार नेपालका कोरोना संक्रमितको कूल संख्या ७ सय ७२ पुगेको छ ।

तर, यो अवधिसम्म आउँदा ४ जनाको कोरोनाकै कारणले मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै, संक्रमित मध्ये १ सय ५५ जना निको भएर घर फर्किएका छन् ।


०००

पढौं सम्बन्धित समाचार

४२ जिल्लामा फैलियो कोरोनाः संक्रमित पुगे ६८२ः मृत्यु हुनेको संख्या पुग्यो ४

कोरोना संक्रमित संख्या नाघ्यो ६ सयः नयाँ थपिए १९ जना



प्रकाशित: २०७७ जेठ १३
May 26th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार