नेपाली समय: ०८:४८:१७ pm
वि.सं २०८३ बैशाख ८   मंगलवार

४७ जिल्लामा फैलियो कोरोनाः संक्रमितको संख्या पुग्यो ८८६, एकैदिन थपिए ११४

निर्माण सञ्चार, १४ जेठ, काठमाडौं । नेपालमा पछिल्लो अपडेट अनुसार कोरोना संक्रमण अनुपात तीव्र भएको छ । बुधबार अपराह्नसम्म कोरोना भाइरस ४७ जिल्लामा फैलिसकेको छ भने कूल संक्रमितको संख्या ८ सय ८६ पुगेको छ । 

आज एकैदिन मात्र नयाँ संक्रमित १ सय १४ जना थपिएपछि उक्त संख्या पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, बाँके, सिरहा र रूकुमसम्म गरी नयाँ एक सय १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो। 

यी सबै संक्रमितहरू भारतबाट आएकाहरू नै रहेका छन्। 

सरकारले पिसिआर प्रविधिबाट परीक्षण बढाएकाले पनि धेरै संक्रमित भेटिएका हुन्।  

सरकारले बुधबारसम्म ५८ हजार २ सय ७७ जनाको पिसिआर विधिबाट परीक्षण गरिसकेको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ सय ८६ पुगेको छ भने उपचारपछि निको भइ घर जानेको संख्या १८३ पुगेको छ । उपचाररतहरु ६ सय ९९ रहेका छन् । 

संक्रमित मध्ये पुरुष ७ सय ९६ रहेका छन् भने महिला ९० जना रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ रहेको छ । 


०००

पढौं सम्बन्धित समाचार

एकै दिन थपिए ९० कोरोना संक्रमितः संख्या पुग्यो ७७२- ४६ जिल्लामा फैलियो कोरोना

४२ जिल्लामा फैलियो कोरोनाः संक्रमित पुगे ६८२ः मृत्यु हुनेको संख्या पुग्यो ४

 



प्रकाशित: २०७७ जेठ १४
May 27th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार