नेपाली समय: ०३:३६:४५ बिहान
वि.सं २०८२ माघ १९   आइतबार

सेयर बजारमा हरियालीः ७२ करोड कमाउने कुन कुन हुन् १३ फन्ड ?

शनिबार, १८ जेठ, निर्माण सञ्चरा, काठमाडौं । अघिल्लो वर्ष ठिक यसैबेला, बजेट भाषण पछि सेयर मार्केट सुलुत्तै तल झरेको थियो । अर्थमन्त्री डा युवराज खतिवडा अर्थमन्त्री बन्दै गर्दा जुन उचाइ लिएका थिए, सेयर मार्केट दिनहु झर्न थालेपछि चर्चाको उचाइ सेयर मार्केट जसरी नै दिनानुदिन झरिरहेको थियो ।
एक फन्को मारेर दोस्रो आर्थिक वर्षका लागि उनले बजेट भाषण गरेका के थिए, सेयर मार्केटमा हरियाली छाएको छ । 
तामाकोशीका लागि बजेट छुटिएसँगै सेयर मार्केट क्षणभरमै उकालो लाग्यो । योसँगै अर्थमन्त्री डा खतिवडाको चर्चाको चुलि पनि उकालो लाग्न थालेको छ । 

कसले कति कमाए 

लुँडो खेलकै रुपमा उकालो र ओरालो लाग्न बेर नलाग्ने सेयर बजारलाई कतिपय हकमा जुवा खालको अर्काे रुपमा पनि परिभाषित गरिन्छ ।
तर, आधुनिक युगमा सेयर मार्केट अर्थबजारको सूचक पनि हो । 

गत वैशाख महिनामा शेयर बजार १२६.७२ अंकले सुधार हुँदा १३ वटा म्युचुअल फन्डले ७२ करोड रुपियाँ नाफा झिक्न सफल भएका छन्। चैत महिनामा १३ वटा फन्डले ५३ लाख ५४ हजार रुपियाँ नाफा गरेका थिए । तर, वैशाखमा आइपुग्दा ७३ करोड एक लाख रुपियाँ नाफा गर्न सफल भएका हुन् ।

बजेट भाषण लगत्तै सुधार भएको दोस्रो बजारको सुधारले म्युचुअल फन्डमा धेरैजसोले आउने आर्थिक वर्षमा लाभांश बाँड्न सक्ने हैसियत देखाएका हुन् । तर, यिनै फन्डहरु भने विगत डेढ वर्षदेखि नै ओरालो लागिरहेका थिए । तर, पछिल्लो माघदेखि मात्र यिनीहरुका उज्याला दिन सुरु भएका थिए । 

यसमध्ये ३ वटा फन्डहरु भने उक्लन सकेका छैनन् । त्यसमध्ये १० वटा फन्डहरुले भने चालु आर्थिक वर्षको नाफाबाट लाभांश बाड्न सक्ने भएका हुन्।

कुन कुन हुन् त ?

१० फन्ड मध्ये ग्लोबल आइएमई सम्मुन्नत, लक्ष्म इक्वीटी फण्ड र लक्ष्मी भ्यालु फण्डले गत महिनाको भन्दा नोक्सान घटाएका हुन्। 
तीन वटा फन्डहरु अझै २८ करोड रुपियाँले नोक्सानमै देखिएका छन्। 

शिवम् सिमेन्टले बचायो 

आफूलाई बचाउने मध्येको एक बनेको छ शिवम सिमेन्ट । यसको आइपिओ खरिद गरेका केहि म्युचुअल फन्डले बजार बढ्न थालेसँगै बेचेको छ ।

यिनले शिवमको शेयर बेचर नाफामा पनि सुधार हानेका छन्। 
त्यस्तै, सिद्धार्थ इक्विटी फन्डले प्राथमिक बजारबाट खरिद गरेको ५० हजार कित्तामध्ये २५ हजार कित्ता बिक्री गर्न सफल भएको छ। 
फन्डहरुकै क्रममा ग्लोबल आइएमई सम्मुन्नत स्किमले १० हजार कित्ता, सिद्धार्थ इक्विटी फन्डले २५ हजार कित्ता र सानिमा इक्विटी फन्डले १० हजार कित्ता होल्ड गरी राखेका छन्। 

बैंकहरु सेयरतिर 

बजार सिनारियो फेरिएलगत्तै फन्डहरुले बैंकमा जम्मा गरेर राखेको पैसा शेयरमा लगानी गर्न थालेका छन्। 

गत चैतमा १३ वटा फन्डहरुले शेयरमा लगानी गर्न मिल्ने चार अर्ब २४ करोड रुपियाँ बैंकमा जम्मा गरेका थिए। वैशाख महिनामा यस्तो रकम ६६ करोड ६९ लाख रुपियाँले घटेर तीन अर्ब ५७ करोडमा रहेको छ। 

दोस्रो बजारमा सूचिकृचत कम्पनीहरुमा १३ वटा फन्डले ७ अर्ब ७९ करोड रुपियाँ लगानी गरेका छन्। 
चैत महिनामा फन्डहरुले शेयर बजारमा ७ अर्ब ७२ करोड रुपियाँ लगानी गरेका छन्। फन्डहरुले मुद्दती निक्षेपमा १ अर्ब १८ करोड रुपियाँ जम्मा गरेका छन्। 

यिनीहरुले गएको महिना १ अर्ब २५ करोड जम्मा गरेका थिए। ग्लोबल आइएमई सम्मुन्नत स्किमले वैशाख महिनामा दुई करोड ४० लाख रुपियाँ मुद्दती निक्षेपबाट झिकेको छ। 


बजार सुधार भएसँगै म्युचुअल फन्ड, सामुहिक लगानी कोषहरु, संस्थागत लगानीकर्ताहरु तथा व्यक्तीगत रुपमा लगानी गर्नेहरुले पनि राम्रो नाफा आर्जन गर्न सफल भएको देखिन्छ ।
एका हुन्।

बजार सुधार हुन थाले सँगै तीन वटा फण्डले सार्वजनिक इकाई नै निष्काशन गरेका छन्।

पढौं यो पनि 

म्युचुअल फन्डवालाको नाफा

उनीहरुले बैंकमा जम्मा गरेको निक्षेप

द्वितीय बजारमा गरेको लगानी


०००



प्रकाशित: २०७६ जेठ १८
June 1st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार