निर्माण सञ्चार, २५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । समकक्षी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे लगत्तै राष्ट्रपति सीलाई नेपालका तर्फबाट ‘गार्ड अफ अनर’द्वारा पनि स्वागत गरिएको थियो ।
सीलाई ‘गार्ड अफ अनर’
त्रिभुवन विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गरे लगत्तै विमानस्थलको अति विशिष्ट कक्षको गेटमा मित्रराष्ट्र चीनका राष्ट्रपतिलाई नेपाली पञ्चकन्याले माला दिएर स्वागत गरेका गरेका थिए ।
पञ्चकन्याले स्वागत गरे लगत्तै सीको सम्मानमा नेपाली सेनाबाट सम्मानगारत ‘गार्ड अफ अनर’ दिइएको थियो ।
...
राष्ट्रपति सी नेपाल आउनु अघि भारतको चेन्नईबाट नेपाल उडेका थिए । उनी चढेको विमान नेपाली समयअनुसार ४ः१० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डिङ गरेको हो । भारत भ्रमण सकेलगत्तै उनले चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली समयाअनुसार २ः०३ मिनेटमा नेपाल प्रस्थान गरेका थिए ।
राष्ट्रपति सी नेपाल भ्रमण विशेष रिपोर्ट
सीको स्वागतार्थ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समकक्षी विद्यादेवी भण्डारी सहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष लगायत मन्त्रीहरु विमानस्थल पुगेका थिए ।
मित्रराष्ट्र चीनबाट २३ वर्ष पछि उच्च तहको यो भेट भएको हो । यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए।
नेपाली आकाश र धर्तीमा सी छाए यसरीराष्ट्रपति सी चढेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डिङ गर्दै गर्दाराष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै गर्दाराष्ट्रपति सी चढेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जमिन छुँदैराष्ट्रपति सी लाई नेपाली समकक्षी भण्डारीद्वारा न्यानो स्वागतराष्ट्रपति सीलाई परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली स्वागत गर्दैराष्ट्रपति सीलाई गार्ड अफ अनरद्वारा स्वागत गरिदैराष्ट्रपति सीको स्वागतमा सिंगारिएको काठमाडौं सडक पञ्चकन्याद्वारा स्वागत गरिदैWarm welcome by prz Bhandari to prez Xi Jin PingPM Oli with Cabinet to welcome Prez Xi
०००
पढौं यी पनि
प्रतिक्रिया दिनुहोस्