नेपाली समय: १२:५५:२५ am
वि.सं २०७८ कार्तिक ८   सोमवार

दशराथ रंगशालाबाट भ्रमण वर्ष २०२० को भव्य स्वागतः उद्घाटन (लाइभ )

निर्माण सञ्चार, पुस १६, काठमाडौं । २० लाख पर्यटक भित्र्याउने उद्देश्य सहित ‘भिजिट नेपाल २०२०’ को उद्घाटन भएको छ । अंग्रेजी नयाँ वर्ष २०२० को जनबरी पहिलो दिन बुधबार राजधानी काठमाडौंस्थित दशरथ रंगशालामा नयाँ वर्ष सहित नेपाल भ्रमण वर्षको उद्घाटन भएको हो ।

सो भ्रमण वर्षको विशेष समारोहको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको हो । साथै उपप्रधानमन्त्री तथा ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, विशिष्ट मन्त्रीहरू तथा नेताहरू सहभागी छन्।

कार्यक्रममा जनसहभागिता समेत रहेको छ। कार्यक्रममा विदेशी पाहुनाहरु समेत सहभागी थिए ।

नेपालमा कार्यरत विभिन्न धार्मिक, सांस्कृतिक संस्था, कालाकार तथा पर्यटन उद्योगी व्यवसायीहरु समेत सहभागी भएका छन् ।

‘भिजिट नेपाल २०२०’ को उद्घाटन कार्यक्रम ८ः०० बजेसम्म पनि चलिरहेको थियो । उद्घाटन कार्यक्रम नेपालको संस्कृति झल्कने नाचगानहरु भएका थिए ।

 

https://www.youtube.com/watch?v=LmHprCWm7Yk  

 

पढौं यी पनि

 

 

०००



प्रकाशित: २०७६ पौष १६
January 1st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार